काभ्रेमा जेठाजू द्वारा बुहारीको बन्चरो प्रहार गरि हत्या

  •   ४ वर्ष अघि | १७ भदौ २०७७, बुधबार,    

काभ्रे, जिल्ला नमोबुद्ध नगरपालिका मा बिहीबार बिहान जेठाजुले बुहारीको हत्या गरेका छन् ।
 नमोबुद्ध नगरपालिका वडा नम्बर ८ गैंडापाटी का ४३ वर्षीया सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया भाइ बुहारी रन्जना तिमल्सिना अधिकारीलाई घरेलु धारिलो हतियार बन्चरो  प्रहार गरी हत्या गरेका हुन् ।

रन्जना दाप्चामा रहेको डराउनेपोखरी  स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी हुन । वडा नम्बर ८ का वडासदस्य मनोज अधिकारीका अनुसार बिहीबार बिहान साढे ६ बजेतिर घटना भएको हो । घाँटीको भागमा बन्चरो प्रहार गरी रञ्जनाको घटनास्थलमा हत्या भएको हो । घटना लगत्तै प्रहरीले सुदर्शनलाई पक्राउ गरेको छ ।

थप