निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बनेपा नगरपालिकाको उत्कृष्ट कार्यक्रम : दलित/ जनजाति समुदायलाई सहयोग

  •   ५ वर्ष अघि | ४ साउन २०७८, सोमवार,    

काभ्रे, जिल्ला बनेपा नगरपालिकाले  दलित/ जनजाति समुदायको लागि लक्षित कार्यक्रम अन्तर्गत सीप अनुसारको सामाग्री हस्तान्तरण गरि सम्पन्न भयो।

कार्यक्रममा  लक्षित  समुदाय  अन्तर्गत उन्नत जातका बाख्रा  काे पाठी/सिलाइ तथा जुत्ता  सिलाउने मेसिन बितरण गरेकाे छ । 
विगतका कार्यक्रम जस्तै  नगरपालिकाका विविध जनता संग सरोकार राखेका कार्यक्रम हरु नगरपालिकाले निरन्तर  गर्दै  आएको छ।

नगरपालिकाले आयोजना गरेको  समानहरू हस्तान्तरण गर्ने कार्यक्रममा   बनेपा नगरका प्रमुख लक्ष्मी  नरसिंह  बादे श्रेष्ठ , उप-प्रमुख रेखा सापकाेटा दाहाल , प्रमुख प्रशासकिय अधिकृत  कविराज उप्रेती  ,वडा अध्यक्षहरु कार्यपालिका सदस्य लगायतका व्यक्तित्व हरुको उपस्थिति थियो।
नगरपालिकाका यो कार्यक्रम अन्तर्गत १ सय १७ परिवारलाई बितरण गरिएकाे नगरपालिकाले जनाएकाे छ।

थप