बेथानचाेक गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क बाख्रा वितरण

  •   ३ वर्ष अघि | २३ असार २०७८, बुधबार,    

काभ्रे , जिल्लाको बेथानचोक गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको छ । गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँपालिकाले निःशुल्क बाख्रा वितरण गरेको हो ।

पालिकाका उपाध्यक्ष एबं सिबिआर अनुगमन समितिका संयोजक सरिता लामिछानेले बाख्रा वितरण गरिएको हो । अपाङ्गता भएका ब्यक्तिहरूको जीवीकोपार्जनमा सहयोग पुर्‍याउन  निःशुल्क बाख्रा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष लामिछानेले बताइन् ।
पालिकाले नेपाल अपाङ्गमहिला संघ काभ्रेको आयोजनामा समुदायमा आधारित पुनर्स्थापना सिबिआर कार्यक्रम अन्तर्रगत बेथानचोक गाउँपालिकाका ६ वटा वडाका २४ जना आर्थिक अवस्था कमजोर भएका अपांगता भएका व्यक्तिहरुको बाख्रा वितरण गरेको नेपाल अपाङ्ग महिला संघ काभ्रेले जनाएको छ ।

थप