सवारी दुर्घटना गरी फरार चालक पक्राउ

  •   २ वर्ष अघि | २६ असार २०७८, शनिबार,    

काभ्रे, काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका  पुरानो तरकारी बजार अगाडी अरनिको राजमार्ग सडक खण्डमा साँगाबाट धुलिखेलतर्फ आउदै गरेको सवारीले दुई जनालाई घाईते पारी भागेको थियो ।
 एकिन गर्ने नसकिने  सवारी चालक र सवारी नम्बर समेत नखुलेको पिकअप  जस्तो देखिने सवारीले सोही सडक खण्डमा विगत देखी तरकारी व्यावसाय गर्दै आएका  पाँचखाल नगरपालिका वडा नं.१ बस्ने बर्ष ७१ को नन्दकेशर तिमल्सिना र जिल्ला झापा लखनपुर दमक गाउपालिका वडा नं.०८ घरभई हाल बनेपा न.पा.वडा नं.०५ बस्ने बर्ष ३० की सबिना बाँनिया राई लाई ठक्कर दिई दुबैजनालाई सख्त घाईते बनाई चालक र सवारी  भागी फरार भएको थियो।
 घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालमा लगि उपचारको क्रममा घाईते मध्ये नन्दकेशर तिमल्सिनाको सोही अस्पतालमा   मृत्यु भएको र सबिना बाँनिया राईको सोही अस्पतालमा उपचार भैई  डिस्चार्ज भइसक्दा समेत चालक र गाडी फेला पार्न नसकेको हुदा।

घटनाको अनुसन्धानको क्रममा शंकास्पद दर्जनौ सवारी साधन , सवारी चालक र सर्वसाधारणलाई सोधपुछ गर्ने क्रममा उक्त शंकास्पद सवारी साधनको सम्बन्धमा महत्वपुर्ण जानकारी प्राप्त भएको ।
यातायात व्यवस्था कार्यालय, सवारी साधन बितरक कम्पनी , ग्यारेज, रिकन्डिसन आदिमा प्रहरी टोली खटी गई प्राप्त अभिलेखहरुको सुक्ष्म अध्ययन बिश्लेषण गरिएको ।
फरार रहेको उक्त सवारी साधन र सवारी चालक  जान सक्ने सम्भावित स्थानहरु काठमाण्डौ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत तराईका जिल्लाहरुमा समेत  प्रहरी टोली खटि गई सुचना संकलन तथा खोजतलास गरिएको थियो।
प्रहरीको बिशेष अनुसन्धान टोली परिचालन गरिएको Human Intelligence र विविध प्राविधिक पक्षहरुको बिश्लेषणको आधारमा  सवारी दुर्घटना पश्चात फरार व्यक्ति, जिल्ला रामेछाप उमाकुण्ड गा.पा. -०१ बस्ने बर्ष ३९ को दोर्जे शेर्पा रहेको तथा निज MAZDA 4*4  कम्पनीको ना ४ च ४०६९ नं को सवारी चालक रहेको कुरा खुल्न आएको थियोे  ।
निज लाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोग र यस कार्यालयको सँयुक्त अनुसन्धान टोलीले फेला पारेको थियो।
प्रहरीबाट बच्नको लागी विभिन्न स्थानहरु  हुदै आफ्नो स्थायी निवासमा लुकीछीपी  बसेको अवस्थामा फेला पारी कानुनबमोजिम पक्राउ गरी निज दोर्जे शेर्पालाई ज्यान सम्बन्धी कसुर ( सवारी ज्यान ) मुद्दामा  काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य गरिएको  छ ।

थप