लौकीनी ध्याङ्गले सामुदायिक वनको २८ औ साधारण सभा सम्पन्न :संयौ रोपनी सामुदायिक बन अतिक्रमित

  •   ८ महिना अघि | १४ भदौ २०८०, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे / लौकीनी ध्याङ्गले  सामुदायिक वनले आज आफ्नो २८ औ साधारण सभा सम्पन्न गरेको छ।  आज पाचाखाल वडा न २ मा रहेको लौकीनी ध्याङ्गले  सामुदायिक वनको आयोजनामा जिल्ला वन कार्यालयका प्रमुख , स्थानीय जनप्रतिनिधि , सव डिभिजन कार्यालय प्रमुख र उपभोक्ता समितिको उपस्थितिमा साधारण सभा सम्पन्न गरेको हो  l  यस अगिनै  व्यक्तिले अतिक्रमण गरेको सामुदायिक वनको जग्गा वनको स्वामित्वमा ल्याउन पहल सहित तारवारका लागि सहयोग गरेको थियो।  वन कार्यालय र स्थानीय लौकीनी ध्याङ्गले  सामुदायिक वनको सक्रियतामा अतिक्रमित लगभग  ५०० रोपनी जमिनमा ७४ रोपनी जग्गा जुन व्यक्तिले हडपेकोमा केहि दिन अगि  बृक्षारोपण गर्नका लागि विरुवा समेत उपलब्ध गराएको सामुदायिक वनका अधक्क्ष रत्न तामाङ्गले जानकारी दिएका हुन् ।


सोहि ब्यक्तिले हडपेको जमिन वनकै स्वामित्वमा ल्याउन सहयोग गर्ने व्यक्ति , वन कार्यालय , सब डिभिजन कार्यालय , जनप्रतिनिधि र सुरक्षा निकाएका प्रमुख एवं प्रतिनिधि ज्युहरुलाई  साधारणा सभाको अवसर पारेर सम्मान समेत गरिएको लौकीनी ध्याङ्गले  सामुदायिक वनका अधक्क्ष रत्न तामाङ्गले बताए।  




 हडपेको ७४ रोपनी जग्गा वन कार्यालयले केहि समय अगि मात्र तारबार गरी वनले नै प्रयोग गर्ने गरी सामुदायिक वनलाई नै जिम्मा लगाएको हो । जिल्लाका सुरक्षा निकायको सहयोगमा अतिक्रमण भएको जमिनलाई सामुदायिक वनकै स्वामित्वमा ल्याउन सकिएको सब डिभिजन कार्यालयका वन अधिकृत हरिचन्द्र तिमल्सिनाले जानाकारी दिएका थिए। 


लौकीनी ध्याङ्गले  सामुदायिक वन पाँचखाल नगरपालिका वार्ड न २ मा हालसालै डिभिज वन कार्यालय काभ्रेपलान्चोक ले ७४ रोपनी अतिक्रमण छेत्र खाली गराइ तारबार समेत गरेको क्षेत्रमा बृक्षारोपन गरिएको थियो  । २०८० भाद्र ४ गते आयोजित एक विशेष समारोह बिच डिभिज बन कार्यालय काभ्रे द्वारा बृक्षारोपन अभियान सुरु गरिएको वन अधिकृत हरिचन्द्र तिमल्सिनाले जनाएका थिए।  


साधारण सभा कार्यक्रमको अध्यक्षता सामुदायिक बन को अध्यक्ष रत्न बहादुर तामाङले गरेका थिए भने विशेष अतिथि डिभिज वन अधिकृत देविचन्द्र पोख्रेल पाँचखाल न पा २ का वडा अध्यक्ष रामेश्वर दाहाल र बन अधिकृत हरिचन्द्र तिमल्सिना को आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको हो । 


अध्यक्ष रामेश्वर दाहाल ले यस्तो अतिक्रमण हटाउने र बृक्षारोपन अभियान गरिसकेको यस   बनलाई देशकै नमुना बनाउन पहल गर्ने र सबैले सकारात्मक सल्लाहा दिनु पर्नेमा पाँचखाल नगरपालिका हातेमालो गर्न तयार रहेको बताएका छन्  ।


सामुदायिक बनका अध्यक्ष रत्न बहादुर तामाङले उक्त सामुदायिक वन मा बर्षौ देखि रहेकोे पुरानो ७४ रोपनि अतिक्रमण क्षेत्र खाली गराई तारबार समेत गरि हाल बहुमुल्य प्रजाती को बृक्षारोपन सुरुवात गरेकोमा डिभिजन बन कार्यालय काभ्रे र सब डिभिजन बन कार्यालय महादेबस्थान पाँचखाल लाई बिशेष आभार व्यक्त  गर्दै सम्मान गर्न पाउदा खुशी ब्यक्त गर्दै सबैमा आगामी दिन पनि सहकार्य गर्ने बाचा ब्यक्त गरेका थिए । साथै अध्यक्ष तामाङले निकट भबिस्यमा नै पाँचखाल नगरपालिकाको सहयोगमा उक्त अतिक्रमण हटाएर खाली गरिएको बाकी क्षेत्रमा फलफूलको बृक्षारोपन गरिने कार्यक्रम समेत रहेको जानकारी दिएका थिए। 

 

सो जमिनबाट व्यक्तिलाई हटाउन तारवार गर्ने कार्यमा प्राकृतिक शोत् द्वन्द रुपान्तरण केन्द्रले पनि सहकार्य गरेको भन्दै साधारण सभामा सम्मान गरिएको थियो।  साधारण सभामै प्राकृतिक शोत् द्वन्द रुपान्तरण केन्द्रका श्वोर्त व्यक्तिको रुपमा रहेकी गगा दोङ्गको पनि उपस्थिति रहेको थियो।  सो सामुदायिक वनलाई सम्रक्षण गर्न प्राकृतिक शोत् द्वन्द रुपान्तरण केन्द्रले माकुरा नामक सामुदायिक स्वामित्व बोकेको समूह समेत गठन गरि अतिक्रमण हटाउन सहयोग गरेको सभामा सम्बोधन गर्दै दोङ्गले वताईन। 

थप