बनेपा मेयर पदमा जित सुनिश्चित भएका रत्नकुश रन्जितकार (को हुन् ?)

  •   २ वर्ष अघि | १६ बैशाख २०७९, शुक्रबार,     मणिराम दाहाल

बनेपा/दृढ संकल्प र सोचका धनी रत्नकुश रंजित कहिल्यै हार्न नजानेका पात्र हुन् । सामान्य परिवारमा जन्मिएपनि आफूलाई हार्न छुट नभएको भन्दै उनले व्यवसाय रोजे । अनेकौ दुख हण्डर खाएर आफूलाई सफल व्यवसायीको रुपमा स्थापित गरे । 

रत्नकुश रंजित बनेपामा युवाका आइडल मात्रै हैनन् कुनै पनि पदमा अहिलेसम्म हार्न नजानेका व्यक्ति हुन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरको उम्मेदबारी दिएका रंजित आफैमा एउटा ब्राण्ड हुन् । जसले समृद्ध बनेपाको सपनालाई पुरा गराउने एजेण्डा बोकेका छन् । 

स्थानीय तहको निर्वाचन २०७४ बाहेक अरु सबै निर्वाचनमा नेपाली काँग्रेसले विजयी हासिल गर्दै आएको बनेपामा यसपटक रत्नकुशको उम्मेदबारीले पुनः बनेपामा एमालेको झण्डा फर्‍याउने निश्चित प्राय नै छ । 

विरासत जोगाउन नेकपा एमालेले बनेपाका युवा व्यवसायी, समाजसेवी र शिक्षा क्षेत्रमा समेत सक्रिय व्यक्तित्व रत्नकुश रञ्जितलाई उम्मेदवार बनाएपछि कहिल्यै हार्न नजानेका रंजितकार जितको सन्मुख छन् । 


उम्मेदवार दर्ता गरे सँगै मतदाताको घर दैलो अभियानमा पुगेका उनलाई सबै उमेर समुहका मतदाताले निक्कै रुचाएका छन् । धेरै भन्छन् अरुलाई सहयोग गर्ने समाजसेवी रंजितले भष्ट्राचार गर्दैन । सबैलाई समान व्यवहार गर्न रुचाउँछ । 

रत्नकुशलाई युवा देखि ज्येष्ठ नागरिकसम्मले शुभकामना सहितको आर्शिवाद दिएका छन् । सबैसँग मिलनसार बनेपाको समृद्धिको सपना उनीबाट मात्रै संभ्भव भएको मतदाताको बुझाई छ । साबिकका गाविस र नगरपालिका बिचको एकीकरणका कारण एमाले बलियो छ । त्यसमाथि युवा मेयरको रुपमा रत्नकुश पाएसँगै मतदान गर्न पाउने दिनको व्यग्र प्रतिक्षामा बनेपामा आम मतदाता छन् । उनीहरु भन्छन् रत्नकुशलाई हार्ने छुट छैन । विजयी र्‍यालीमा भेट गर्नेछौ ।

थप