मण्डनदेउपुर–१ को वडा अध्यक्षमा पत्रकार ढकालको उम्मेदवारी

  •   २ वर्ष अघि | १५ बैशाख २०७९, बिहिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे : स्थानीय तहको निर्वाचन २०७९को लागि जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १ को अध्यक्षमा पत्रकार राम प्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि मण्डनदेउपुर नगरपालिकाको वडा नं १ को वडा अध्यक्षका लागि ढकालले नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

लामो समयदेखि पत्रकारितसँगै राजनितिक क्षेत्रमा पनि क्रियशिल रहेका ढकालले वडाको सम्बृद्धि र सम्मुन्त विकास गर्ने प्रमुख एजेण्डा सहित वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् । बौद्धिक, शिक्षित एवं विकास प्रेमी युवा नेताको पहिचान बनाएका ढकालले ढकालले आफ्नो वडाको विकासका लागि यस पटकको स्थानीय निर्वाचनका लागि वडा अध्यक्षमा उम्मेदवारी दिएको बताए ।
सामाजिक एवं विकास निमार्ण कार्य सक्रिय रहेका ढकालले वडाको कुशल नेत्तृत्व गर्न सक्षम भएकाले पनि वडा अध्यक्षमा जित हासिल गर्ने विश्वास बढेको पार्टी निकट जानकारहरु बताउँछन् ।

थप