काभ्रे । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १० मा कार्यलय रहेको गरुड बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधरणसभा आज सम्पन्न भएको छ।
गरुड बचत र छायाश्वरी बचतको एकता पछि संस्थामा सेयर सदस्यहरुको संख्या ३००० हजार भन्दा माथि छ।
सहकारीको नियमलाई आत्मसात गर्दै उक्त सहकारीले सेयर धनी सदस्यहरुको सेवामा राम्रो गर्दै आएको सेवाग्राही हरु बताउँछन् ।
२०७० सालमा आफ्नो सेवा सुरु गरेको गरुड बचत तथा ऋण सहकारी संस्थाले सेवामा कुनै पनि किसिमको कसर नराखेको सेयर धनि हरु बताउँछन् ।