आज बुबाको मुख हेर्ने दिन , पृत सम्मान दिवस

  •   ३ वर्ष अघि | २१ भदौ २०७८, सोमवार,    

हरेक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने बुबाको मुख हेर्ने दिन-कुशे औंसी-पितृसम्मान दिवस आज मनाइँदै छ । आजको दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याइन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रही आएको छ ।  
सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्ने गर्दछन् ।आजको दिन छोराछोरीहरू परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । 

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने प्रचलन रहीआएको छ ।‘पितृ देवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । 

बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्छ भन्ने धार्मिक विश्वास रही आएको छ । जन्म दिने आमा बाबु र शिक्षा दिने गुरुलाई वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले जीवित देवताका रूपमा मान्ने गर्दछन्

थप