स्कटल्याण्डको ग्लास्गो शहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २६) सुरू भएको छ । सम्मेलनमा नेपालको तर्फबाट धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुले सम्बोधन गर्दैहुनुहुन्छ । विश्वव्यापी नै चुनौतीको रुपमा देखिएको जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको छ । जलवायु परिवर्तनको समस्याले वातावरणमा दिनानुदिन समस्या सिर्जना गरिरहेको अवस्थामा सम्मेलन प्रभावकारी रहने विश्वास लिइएको छ ।
विश्वभर जलवायु परिवर्तनको प्रमुख कारकको रुपमा कोइलाको प्रयोग अग्रस्थानमा रहेको छ भने दोस्रोमा दैनिक प्रयोग हुने पेट्रोल र डिजेल लगायत रहेको छ । यसको प्रयोगले ओजोन लेयरलाई पातलो बनाउनुको साथ साथै प्वाल पार्ने काम समेत गरेको हुँदा बेलैका सबै राष्ट्र सचेत नहुने हो भने यसले वातावरणमा असन्तुलन ल्याउने निश्चित रहेको हँुदा विश्व निकायको यसमा चासो रहेको देखिन्छ ।
नेपालको तर्फबाट धुलिखेल नगरपालिकाले कोइलाको प्रयोगलाई बन्द गर्ने निर्णय लिएको छ । वातावरण सन्तुलनमा नगरपालिकाले लिएको यो कदमको अन्तर्राष्ट्रिय जगतबाट पनि प्रशंसा गरिएको छ । नगरपालिकाले वातावरणमा ह«ास ल्याउने प्रमुख तत्वको रुपमा रहेको कोइलाको प्रयोगलाई कम गर्नुको साथ साथै नगरपालिकालाई वाताव।ण सन्तुलित र व्यवस्थित शहर बनाउने लक्ष्य लिएको छ ।
संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप २६) मा नेपालको तर्फबाट सम्बोधन गर्दै अशोक कुमार ब्यान्जु
- १ वर्ष अघि | २४ कार्तिक २०७८, बुधबार,
