सुशान्तको आत्महत्यामा कंगनाले दिइन बलिउडलाई दोष

  •   ४ वर्ष अघि | २ असार २०७७, मङ्लबार,    

कंगना रनाउतले नायक सुशान्त सिंह राजपुतको आत्महत्यामा बलिउड दोषी रहेको आरोप लगाएकी छिन् । सुशान्तको आत्महत्या बलिउडडमा नातावादले निम्त्याएको योजनावद्ध हत्या रहेको कंगनाको आक्रोश छ ।

एक भिडियो वक्तव्य मार्फत कंगनाले सुशान्तको आत्महत्यामा बलिउडकर्मी दोषी रहेको औल्याएकी हुन् । ‘सुशान्त कमजोर थिएनन् । एउटा र्याङ्क होल्डर कसरी कमजोर हुन् सक्छ ? बलिउडले उनको क्षमता र कामलाई कहिले पनि हौसला दिएन, कंगनाको दाबी छ, पछिल्लो इन्टरभ्युमा उसले दर्शकलाई मेरो फिल्म हेरिदिनुस्, मेरो कोहि गडफादर छैन् । नत्र मैंले बलिउडमा काम पाउने छैन । किन मलाई यो उद्योगले अपनाउदैन ? भनेको थियो ।’

यस्तै ‘काइपो चे’ जस्तो फिल्मबाट डेव्यु गरेका सुशान्तको बलिउडले प्रोत्साहन पुरस्कार समेत नदिएको कंगनाको भनाई छ । यहाँ ‘गली व्वाय’जस्तो फिल्मलाई धेरै अवार्ड दिईन्छ तर, ‘छिचोरे’ जस्तो राम्रो फिल्मले अवार्ड नै पाउदैन’ कंगनाले आक्रोश पोखेकी छिन्, ‘उ (सुशान्त) साइक्रोटिक हो, न्युरोटिक हो, एडिक्ट हो । तर, संजय दत्तको एडिक्सन त तपाईलाई एकदम क्युट लाग्छ ।’

थप