काभ्रे : बनेपाको पुलबजार पछिल्लो समय खेल र खेल पारखीको लागि एउटा अभिन्न गतव्य बन्न पुगेको छ । ईतिहासका अनेकौ पाटाको साक्षी बनेर उभिएको पुलबजारलाई चिनाउन नेपाल सितोरियो कराँते डोजोले प्रत्यक्ष भुमिका निर्वाह गर्न थालेको छ ।
पुलबजारमा नवराज, कविर, सुरज र श्याम गुरुको छत्रछाँया र प्रशिक्षणले किशोर किशोरीलाई निराख ल्याउन मद्धत पु¥याउन थालेको छ । नवराज मानन्धर, कविरकुमार रंजित, सुरज केसी र श्यामसुन्दर कुँवरले यस्ता प्रशिक्षक हुन् जसले प्रशिक्षण दिएका खेलाडीले आफूलाई खेलमै समर्पित बनाउने छन् ।
शनिबार विशेष समारोहका बीचमा राखेपका प्रशिक्षक ओमप्रकाश नकर्मीको उपस्थितीमा बेल्ट टेष्ट गरिएको थियो । बेल्ट टेष्टभरीकै उत्कृष्ट खेलाडी बन्न सफल साँया श्रेष्ठलाई प्रमुख अतिथी नकर्मीले प्रोत्साहन स्वरुप दुई हजार थप नगद पुरस्कार वितरण गर्नुभयो । त्यसबाट खेलाडी अझै हौसिए ।
केही महिनाअघिदेखि निरन्तर रुपमा प्रशिक्षण दिइरहेको सो डोजोले गरेको बेल्ट टेष्टमा ४५ जना नै खेलाडीले बेरेन्ज बेल्टमा प्रमोशन भएको हेर्न अभिभावकसँगै संचारकर्मी र जनप्रतिनिधी पनि सहभागी हुनुहुन्थ्यो ।
बेल्ट टेष्टभरीकै उत्कृष्ट खेलाडी बन्न सफल साँया श्रेष्ठलाई प्रमुख अतिथी नकर्मीले प्रोत्साहन स्वरुप दुई हजार थप नगद पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा उत्कृष्ट चार खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा प्रथम सायाँ श्रेष्ठ, दोश्रो रेमण्ड खड्का, तेश्रो भएका ्रविन तामाङ र सेवक श्रेष्ठलाई पुरस्कृत गरियो ।
बेल्ट टेष्टमा कराँते संघका अध्यक्ष सुरेश कारँजित, काभ्रे कराँते एकेडेमीका अध्यक्ष गौतम मानन्धर, उग्रतारा डोजोका अध्यक्ष दिनेश श्रेष्ठ, प्रमुख प्रशिक्षक नवराज मानन्धर, रेफ्रि मिसन संयोजक श्यामसुन्दर कुँवर, स्थानीय समाजसेवी नारायणप्रसाद महाजुले निक्कै प्रशंसा गर्नुभयो।