काभ्रेपलान्चोक जिल्ला अदालत र पत्रकार बिच अन्तरक्रिया

  •   २ वर्ष अघि | २५ चैत्र २०७८, शुक्रबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे । जिल्ला अदालत काभ्रेपलान्चोकले फाल्गुन सम्मको कार्यसम्पादन विवरण पत्रकार माझ प्रस्तुत गरेको छ।

 न्यायाधीश मोहन प्रसाद भट्टराईको सभापतित्वमा कार्यक्रम भएको थियो। कार्यक्रमको प्रस्तुति करण श्रेस्तेदार गोविन्द राज घिमिरेले गर्नुभएको हो।

 कार्यक्रममा फागुन महिनासम्मको मुद्दाको लगत फर्छौट र बाकीँ समन्धि विवरण प्रस्तुत गरिएको थियो ।

फागुनमा लगत २३५८ जम्मा फर्छौट ८३० र बाकीँ १५२८ रहेको जिल्ला अदालत काभ्रेले जनाएको छ।

काभ्रेपलान्चोक जिल्ला अदालतमा तुलनात्मक रुपमा सम्बन्धविच्छेद मुद्दा बढेको । अंश मुद्दा बढि आएको पनि कार्यक्रमा बताइएको छ।

सम्बन्धविच्छेद पछिल्लो तीन बर्षमा तुलनात्मक रुपमा बढेको छ। ०७६/७७ मा जम्मा लगत ३४२ फर्छौट २४१ र बाकीँ १०१ रहेको छ। तेस्तै ०७७/७८ मा जम्मा लगत ३८८ फर्छौट २७२ र बाकीँ ११६ छ। 

०७८/७९ फागुन सम्म जम्मा लगत ४६७ फर्छौट २७२ र बाकीँ १४४ रहेको काभ्रेपलान्चोक जिल्ला अदालतले जानकारी दिएको छ।

फैसला भई जरिवना तोकिएका फरार हरबाट जो कसैले पनि पक्राउ गरि अदालतमा जरिवाना रकम बुझाए बापत २५ प्रतिशत प्रोत्साहन रकम दिने पनि अदालतले बताएको छ।


थप