काभ्रे जिल्ला फुटबल संघको छैठौँ अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न

  •   २ वर्ष अघि | ३ बैशाख २०७९, शनिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे  : काभ्रे जिल्ला फुटबल संघको छैठौँ अधिवेशन तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । काभ्रे जिल्ला फुटबल संघको छैठौँ अधिवेशन तथा वार्षिक साधारण सभा आज (शनिबार) बनेपामा सम्पन्न भएको हो ।

अखिल नेपाल फुटबल संघका केन्द्रिय कोषाध्यक्ष रविन्द्र जोशीको प्रमुख आतिथ्यतामा र काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जोशीले खेलकुद क्षेत्रको विकासको लागि खेलाडीलाई अझ अब्ब्ल बनाउनुपर्नेमा जोड दिए । काभ्रे जिल्ला खेलकुद संघलाई केन्द्रले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै काभ्रे उद्योग वाणिज्य महासंघ काभ्रेका महासचिव रबिन्द्र बैदारले खेलकुदमा राजनितिको हाबी हुन नहुने बताए । जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि सुविधा सम्पन्न खेलकुद मैदानको आवश्यक रहेको उनले बताए । काभ्रेलाई खेलकुदबाट पहिचान बनाउनका लागि खेलाडीहरुलाई महासचिव बैदारले आग्रह गरे ।
त्यस्तै नेकपा एकिकृत समाजवादी बनेपाका अध्यक्ष रघुबर चौप्रधानले राष्ट्रको पहिचान राजनितिक दललेभन्दा पनि राष्ट्रिय खेलाडीले चिनाउने बताए । त्यसकारण खेलाडीहरुलाई साथ सहयोग र सम्मानको आवश्यक भएको उनको भनाइ थियो ।
कार्यक्रमलाई समबोधन गर्दै नेपाली काँग्रेस बनेपा नगर कमिटीका अध्यक्ष महेश कुमार कर्माचार्यले जनप्रतिनिधिले खेलकुदका क्षेत्रलाई कम प्राथमिकतामा राखेको बताए । आफू खेलकुदको क्षेत्रबाट नै राजनितिमा प्रवेश गरेको बताउँदै भोलिको दिनमा खेलकुदको क्षेत्रमा आफूले सकेको सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रंजितकारले देशको राष्ट्रिय झण्डा खेलाडीहरुले फहराउने भएकाले उनीहरुलाई सम्मान गर्न आग्रह गरे ।
कार्यक्रमा एन्फाका सह–सचिव राजेन्द्र न्यौपाने, एन्फाका केन्द्रीय सदस्य तथा रेफ्री संयोजक रबिन्द्रनाथ खोजु श्रेष्ठ, खेलकुद क्षेत्रका प्रतिनिधि, खेलाडीहरु, लगायतको उपस्थिती रहेको थियो ।

थप