काभ्रे ।काभ्रेपलान्चोक जिल्ला धुलिखेल नगरपालिकामा प्रथम खुल्ला धुलिखेल मेयर फुटसल प्रतियोगिता हुने भएको छ।
कार्यक्रम संयोजक रविन खड्की का अनुसार काभ्रे जिल्लामा पहिलो मेयर फुटसल प्रतियोगिता हुन लागेको र यो प्रतियोगिता बाट युवा हरुलाई स्वरोजगार हुनलाई प्रेरित गर्ने र खेल जगतको इतिहास लाई बलियो बनाउने बताउनुभएको छ।
कार्यक्रम व्यवस्थापक शैलेश श्रेष्ठका अनुसार धुलिखेल मा फुटसल प्रतियोगिताको उद्देश्य बारे स्पष्ट पार्नुभयो।
युवा र खेलकुद हाम्रो अभियान खेल खेलाएर पुरस्कार दिनु मात्रै हाम्रो अभियान होइन। हामिले खेलबाट नै
आत्मनिर्भर गराउने प्रयास गर्ने छौ।
कार्यक्रममा पत्रकार महासंघ का अध्यक्ष बद्री राज तिमल्सिना ,पुर्व अध्यक्ष मोतीराम तिमल्सिना उपस्थित हुनुहुन्थ्यो ।
फुटसल कार्यक्रममा सम्मानित हुने खेलाडी भरत खवास, जस्पिन्स कार्की ,मणि लामा, सुरज जित ठकुरी ,तेज तामाङ विक्रम लामा ,हुनुहुन्छ ।
कार्यक्रममा जम्मा खर्च ५ लाख १५ हजार ,रहेको छ ।
प्रथम पुरस्कार १ लाख र द्धितिय पुरस्कार ५० हजार रुपैया रहेको बताइएको छ।