जिल्ला ट्राफिक कार्यलय काभ्रेको सक्रियतामा एक बर्षमा ५३ हजार सवारीसाधन कार्वाहीमा

  •   ९ महिना अघि | १९ साउन २०८०, शुक्रबार,     मणिराम दाहाल

काभ्रे । जिल्ला ट्राफिक कार्यलय काभ्रेको सक्रियता पछिल्लो समय तिव्र छ। ट्राफिक प्रमुख भएर जिल्लामा आउनुभएको सुरेश थापा अनुभवी र सक्षम नेतृत्वमा पर्ने व्यक्ति हुनुहुन्छ । उहाँ जिल्ला ट्राफिक कार्यलय काभ्रे प्रमुख भएर आएपछि ट्राफिक समन्धि धेरै परिवर्तन भएको हेर्ने देख्न र सुन्न पाईन्छ ।
 काभ्रे जिल्लामा १ बर्षमा ५३ हजार १ सय ५२ सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार गत वर्ष २०७९/०८० मा ५३ हजार १ सय ५२ सवारी साधन कारबाहीमा परेका हुन् ।

५३ हजार १ सय ५२ सवारी साधन कारबाहीमा पर्दा ५ करोड ४० लाख ८२ हजार रूपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुरेश थापाले जानकारी दिए ।
जिल्ला ट्राफिक कार्यलय काभ्रेले विभिन्न ठाउँमा विभिन्न खालको ट्राफिक अपरेसन गर्दै आएको छ।
कहिले सवारीको यान्त्रिक परिक्षण गर्ने ,सवारीसाधनको अबस्था हेर्ने विभिन्न खालको परिक्षण गर्दै आएको ट्राफिक प्रमुख सुरेश थापाले जानकारी दिनुभयो ।

प्रमुख थापाका अनुसार सबैभन्दा बढी ट्रक १८ हजार १ सय २७ वटा कारबाहीमा परेका छन् । ट्रकबाट १ करोड ९९ लाख २९ हजार रूपैयाँ राजस्व संकलन भएको छ । एक वर्षको अवधिमा १४ हजार १ सय ६४ वटा मोटरसाइकल, १० हजार ६ सय ४९ कार/जिप/भ्यान, ९ हजार ९ सय ७४ बस, १ सय ६ ट्याक्टर र १ सय ३२ वटा अन्य सवारी साधन कारबाहीमा परेका प्रमुख थापाले जानकारी दिए ।

सवारी साधन कारबाहीको दर हेर्दा बर्सेनि बढिरहेको छ, उनले भने । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा ९ हजार ४ सय २७ सवारी साधन बढी कारबाहीमा परेका प्रमुख थापाले बताए ।

थप