समाजसेवी कायस्थ द्वारा मानव कल्याण समाज काभ्रेलाई पचास हजार भन्दा बढी आर्थिक सहयोग

  •   २ वर्ष अघि | ३ बैशाख २०७९, शनिबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे : काभ्रेकी समाजसेवी अनिला कायस्थले मानव कल्याण समाज काभ्रेलाई आर्थिक सहयोग गरेकी छिन् । जिल्लाको बनेपा नगरपालिका वडा नं ७ निवासी कायष्थले आफ्नो आमा स्व.चन्द्रदेवी कायस्थको पाँचौ वार्षिक पुण्य तिथिको अवसरमा आज जिल्लाको धुलिखेल नगरपालिका वडा ४ मा सञ्चालित मानव कल्याण समाज काभ्रेलाई आर्थिक सहयोग गरेकी हुन् ।

आमाको वार्षिक पुण्य तिथिको अवसरमा उनले मानव  कल्याण समाजलाई ५० हजार २५ रुपैँया सहयोग गरेकी हुन् । आमाको पुन्य तिथिको अवसरमा मानवको सेवा गर्दै यस संस्थालाई सानो सहयोग गर्न पाउँदा खुशी प्राप्त भएको समाजसेवी कायस्थले बताईन् । कायस्थले यस अघि आफ्नो आमा/बुबाको वार्षिक पुन्य तिथि लगायत विभिन्न शुभ कार्यको अवसरमा जिल्लाका विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्दै आएकी छिन् ।

आफ्नो आमाको पुन्य तिथिको अवसरमा यस संस्थालाई आर्थिक सहयोग गरेर साथ दिएकोमा सहयोगी एवं समाजसेवी अनिला कायस्थप्रति मानव समाज कल्याण काभ्रेकी अध्यक्ष सुमित्रा चौलागाईँले कृतज्ञता व्यक्त गरिन् ।

थप