आमाको बार्षिक तिथिमा हस्पिटलमा खटिने नर्सहरुलाई समाजसेवी अनिला कायस्थको आर्थिक सहयोग

  •   १ हप्ता अघि | ११ बैशाख २०८१, मङ्लबार,     मणिराम दाहाल

काभ्रे । काभ्रेकी समाजसेवी अनिला कायस्थले शिर मिमोरियल अस्पतालमा अहोरात्र खटिने नर्सहरुलाई आर्थिक सहयोग गरेकी छिन् ।

जिल्लाको बनेपा नगरपालिका वडा नं ७ निवासी कायस्थले आफ्नो स्व: आमा चन्द्रदेवि कायस्थको ७ औं वार्षिक पुण्य तिथिको अवसरमा आज जिल्लाको बनेपा नगरपालिका वडा नम्बर-५ स्थित शिर मेमोरियल हस्पिटलमा कार्यरत नर्सहरुको लागि उनिहरुको हौसला बढाउने उद्देश्यले ६०००५(साठी हजार पाच ) रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।

उनलेे बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पनि काभ्रे भिमसेन  मन्दिरमा विश्राम गर्ने कुर्सी तीन थान सहयोग गरेकी हुन् । आमाको तिथिको अवसरमा नर्सिङ सेवा गरिरहनु  भएका नर्सहरुलाई सानो सहयोग गर्न पाउँदा खुशी प्राप्त भएको समाजसेवी कायस्थले बताईन् । कायस्थले यस अघि आफ्नो आमा/बुबाको वार्षिक पुन्य तिथिको अवसरमा जिल्लाका विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्दै आएकी छिन् ।

आफ्नो आमाको पुन्य तिथिको अवसरमा शिर मेमोरियल हस्पिटलमा कार्यरत नर्सहरुको लागि  सहयोग गरेर साथ दिएकोमा सहयोगी एवं समाजसेवी अनिला कायस्थप्रति हस्पिटल प्रशासनले आभार व्यक्त गरेको छ।

तस्बिरहरू 


थप