जिल्ला प्रहरी कार्यलय काभ्रेले गर्यौ "एक दिने" लैङ्गिक हिंसा बिरुद्ध सचेतनामुलक कार्यक्रम

  •   १ वर्ष अघि | २ फाल्गुन २०७८, सोमवार,    

काभ्रे । जिल्ला प्रहरी कार्यलय काभ्रेपलान्चोकले लैङ्गिक हिंसा बिरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ।

भुगोल विशेषको समस्या पहिचान एंव बिश्लेषण गरी, स्थानिय जनस्तरमा वृद्धि हुदै गएको विविध सामाजिक समस्या तथा आवश्यकताको पहिचान गरी काभ्रेपलाञ्चोक जिल्ला पाचँखाल नगरपालिका वडा नं. १२ स्थित वालुवामा यस जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले आत्महत्या, बालबिवाह र यौनदुर्व्यबहार जस्ता सामाजिक विकृतिको रुपमा रहेका बिषयमा आधारित प्रस्तुतीकरण गर्नुभएको थियो ।
 
 उक्त कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला पाचँखाल नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष गोपाल दनुवार लगायत स्थानिय जनप्रतिनिधि, महिला बालबालिका स्थानिय प्रहरी र नागरिक समाजको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा  वडा नं. १२ का वडा अध्यक्ष ज्यूले सामाजिक विकृतिको रुपमा रहेका सान्दर्भिक विषयबस्तुहरुमा यस किसिमको सचेतनामुलक कार्यक्रम आयोजना गरिएकोमा जिल्ला प्रहरी कार्यालयलाई धन्यवाद व्यक्त गर्दै यस किसिमका सचेतनामुलक कार्यक्रमले समाजमा लुकेका घटनाहरुलाई प्रकाश पार्नका साथै नागरीक समाजमा सचेतना अभिबृद्धी गर्दै अपराध रहित समाजको परिकल्पना साकार हुने कुरा व्यक्त गर्नु भएको थियो ।

थप