पेट्रोलियम पदार्थको मूल्य वृद्धिको काभ्रेका विद्यार्थीले मसाल सहित विरोध गरे

  •   १ वर्ष अघि | ६ माघ २०७८, बिहिबार,    

काभ्रे । (धुलिखेल )पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले धुलिखेलमा प्रदर्शन राको बालेर विरोध  गरेका छन् ।
अनेरास्ववियु धुलिखेल नगर कमिटी, राष्ट्रिय युवा संघ नेपाल, धुलिखेल नगर कमिटीले मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर विरोधमा उत्रिएका विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए । 

सडकमा निस्किएका विद्यार्थी हरुलाई प्रहरीले रोक्ने प्रयास गरेको थियोे  ।    
नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ ।
 यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ । युवा विद्यार्थीले मूल्यवृद्धि फिर्ता गर, खोप कहाँ गयो सरकार लगायतका प्लेकार्ड बोकेर सडकमा आएका थिए । 

थप