प्रहरी दिवसको अवसरमा धुलिखेलमा खुल्ला रक्तदान कार्यक्रम हुने

  •   ३ वर्ष अघि | १७ असोज २०७८, आइतवार,    

काभ्रे  । ६६ औँ प्रहरी दिवसरको अवसरमा धुलिखेलमा रक्तदान कार्यक्रम हुने भएको छ । यहीँ असोज १९ गते प्रहरी दिवसरको अवसर पारेर जिल्ला प्रहरी कार्यालयले रक्तदान कार्यक्रम गर्न लागेको हो ।

धुलिखेल नगरपालिकाको वडा नं ७ स्थित सरस्वती बजारमा बिहानको समयमा रक्तदान कार्यक्रम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो  । उक्त कार्यक्रममा उपस्थित भइ रक्तदान गर्न इच्छुक व्यक्तिले रक्तदान गर्न सकिने उहाँले बताउनुभयो ।

थप