मण्डनदेउपुर नगरपालिकाको बृहत् खानेपानी योजनामा त्रिपक्षीय सम्झौता

  •   ३ वर्ष अघि | ७ साउन २०७८, बिहिबार,    

काभ्रे, जिल्ला मण्डनदेउपुर नगरपालिकामा पाँच हजार ५५५ परिवारका ३० हजार जनसख्यालाई तीन बर्षभित्र पानी खुवाउने लक्ष्य राखेको छ।
मण्डनदेउपुर नगरपालिकामा त्रीपक्षीय खानेपानीको सम्झौता गरेको छ ।
  कार्यक्रमका  संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुर, मण्डनदेउपुर नगरपालिका कुन्तावेशी र मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी उपभोक्ता संस्था वीच त्रीपक्षीय सम्झौता  भएको हो ।

मण्डनदेउपुर नगरपालिका मेयर टोकबहादुर वाइवा, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख राजेन्द्र श्रेष्ठ, मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर लामा र मण्डनदेउपुर नगरपालिका उप–मेयर निर्मला शाहीको रोहवरमा त्रीपक्षीय सम्झौता भएको हो ।

सुख्खा  आयोजना क्षेत्र भएकाले यसमा उपभोक्ताले एक प्रतिशत नगद ८४ लाख रुपियाँ जम्मा गर्नुपर्ने र १० प्रतिशत श्रमदान गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । सो रकममध्ये नगरपालिकाले ५१ लाख रुपियाँ खानेपानी उपभोक्ता समितिको नाउँमा अघिल्लो बर्ष प्रदान गरिसकेको छ ।

यो योजनाले काकाकुल बस्तीका रुपमा रहेका मण्डनदेउपुरको धेरै बडाका नागरिक लाभान्वित हुनेछन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मण्डनदेउपुर नगरपालिकाको मेयर टोकबहादुर वाइवाले आफूले निर्वाचनमा बोलेका प्रतिबद्धता क्रमशः पुरा गर्ने चरणमा रहेको बताउनुभयो ।

निर्वाचनमा हामीले भनेका धेरै कुरा क्रमशः पुरा भैरहेको छ । त्यसको एउटा उदाहरण बृहत खानेपानी समेत रहेको उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै उपमेयर निर्मला शाहीले आफूले बोलेका कुरा निरन्तर पुरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले यो आयोजना पुरा गरेपछि काकाकुल रहेको बस्तीमा खानेपानी पाउनेछन् ।
मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर लामाले यो खानेपानी पुरा भएपछि मण्डनले धेरै कुरामा फड्को मार्ने बताउनुभयो । उहाँले भन्नुभयो, यसले धेरै कुराको प्रतिनिधित्व गर्नेछ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख राजेन्द्र श्रेष्ठले यो खानेपानी आयोजना समयमै सम्पन्न गर्न सबैको सहयोग आवश्यक पर्ने बताउँदै आफूहरुले यसमासबै सहयोग गर्ने बताउनुभयो ।
अम्बिका हमाल, गणेश पराजुली, केशव सापकोटाले बृहत खानेपानीको महत्व र आवश्यकताको बारेमा प्रकाश पार्नुभएको थियो ।

थप