काभ्रे, जिल्ला बनेपा नगरपालिकाको ४०औं स्थापना दिवस नेपाल सरकारका उप-प्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतित्व नगरप्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले गर्नुभएको भियो भने स्वागत मन्तब्य उप-प्रमुख रेखा सापकोटा दाहालले राख्नु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्वव के.सी., रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामा, पनौती नगरपालिकाका उप-प्रमुख गिता बन्जारा, प्रमुख जिल्ला अधिकारी सिबराम पोखरेल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, पूर्व नगर प्रमुख डा. सुरेन्द्र बहादुर बादे श्रेष्ठ, नेपाली सेना कालिजंग गणका गणपति मिलन जंग थापा, प्रहरी उपरीक्षक भुपेन्द्र खत्री, शसस्त्र पहरी बल नेपाल काभ्रेका प्रहरी उपरिक्षक महेश के.सी., इलाका प्रहरी प्रमुख योगेन्द्र तिमल्सिना , जिल्ला ट्राफिक प्रहरी प्रमुख विशाल तामाङ , वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूको उपस्थिति थियो।
विभिन्न पार्टिका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधिहरू, विभिन्न क्याम्पस तथा विद्यालयका शिक्षक प्रतिनिधिहरू, विद्यार्थी, विभिन्न झाकीहरू सहितको रयालीले बनेपा परिक्रमा गरि सभामा सहभागी भएको थियो ।कार्यक्रममा नगरको लोगो, नगरगान, स्मारिका सार्वजनिकीकरण गरिएको थियो ।
त्यसै गरि विभिन्न सस्था जेष्ठ नागरिक सदस्यहरूलाइ प्रशंसा पत्र तथा सम्मान प्रदान गरिएको थियो भने नगरपालिकावाट पदक तथा विभुषित, बनेपा दिर्घ सेवा पदक, बनेपा तारा, बनेपा भाष्कर सम्मानद्वारा विभिन्न व्यक्त्ति तथा कर्मचारीहरूलाइ सम्मानित गरिएको थियो ।