लागु औषध विरुद्धको सचेतनामुलक सडक नाटक

  •   ३ वर्ष अघि | ५ चैत्र २०७७, बिहिबार,    

काभ्रे, बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सडक नाटक ,सांगीतिक धुन ,लागू औषध सचेतना कार्यक्रम  ईप्रका बनेपाको सहयोग मा बागमती प्रदेश प्रहरीले गरेको छ।


कार्यक्रममा प्रमुख अथिति बनेपा नगरपालिकाका प्रमुख लक्ष्मिनहरसिंह वादे श्रेष्ठ विशेष अथिति प्रमुख जिल्ला अधिकारी  शिवराम पोखरेल , विशिष्ट अथिति बागमती प्रहरी प्रमुख उमेश राज जोशि ,अथिति काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रि , ईप्रका बनेपा प्रमुख योगेन्द्र तिमल्सिना साथै  विभिन्न तह र ओदाका व्यक्तिहरुको उपस्थिति मा कार्यक्रम भएको हो।
कार्यक्रममा लागु औषध सेवनले स्वास्थ्य मा पुर्‍याउने असर , समाजमा यस्ता खालका व्यक्तिहरुले पुर्‍याउने समस्या  , परिवारमा कलह , अभाव , विभिन्न कुराहरुलाई प्रष्ट रुपमा सन्देश मुलक नाटक प्रस्तुत भएको थियो ।
जनचेतनामूलक नाटक हेर्ने लाई बनेपा मा रहेका विभिन्न  विद्यालयका विद्यार्थीहरूले पनि सहभागिता जनाएका थिए।

थप