काभ्रे, बागमती प्रदेशभित्रका दश जिल्लाका पत्रकार महासंघले आफ्नो कार्यकालमा गरेका कामहरुको बारेमा तयार गरिएको ‘महासंघमा हामी’ पुस्तक विमोचन गरिएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले १० जिल्लाकै शाखा अध्यक्षहरुको प्रशंसा गर्दै पुस्तक निकालिएकोमा खुशी व्यक्त गर्नुभयो । आचार्यले आगामी महासंघको चुनावमा पत्रकारको हितका निम्ती जस्तो सुकै क्षेत्रको काम गर्न सक्ने व्यक्तिलाई निर्वाचित गराउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यन्जु श्रेष्ठ ले भन्नुभयो ।
आफु पनि पत्रकारिता क्षेत्रबाट नै यो ठाँउमा आईपुगेको प्रविधिसँगै पत्रकारहरुको क्षमता अभिवृद्धि बढाउनका लागि देशभर मिडिया हबको आवश्यक रहेको र आफु नगरपालिका संघको अध्यक्षको हैसियतले मिडिया हव निर्माणको लागि पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघका सल्लाहकार बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेललगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले गर्नुभएको थियो ।
उक्त समारोहमा ११ बुँदे धुलिखेल घोषण–पत्र पनि जारी गरिएको थियो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश अन्र्तगतका जिल्ला शाखाहरूको समन्वयमा प्रकाशित ‘महासंघमा हामी’ नामक पुस्तक बिमोचन समारोहमा जारी धुलिखेल घोषणा–पत्र
१. श्रमजिवी पत्रकारहरूको हकहितका लागि क्रियाशिल पत्रकार महासंघलाई व्यवसायिक पत्रकारहरूको छाता संगठनको रुपमा विकास गर्दै आम पत्रकारहरूको हक हित र व्यवसायिक सुरक्षामा निरन्तर लागिरहन केन्द्रीय र प्रदेश समितिलाई यो भेला आग्रह गर्दछ ।
२. कोभिड–१९ को संक्रमणपछि लक डाउन (बन्दा बन्दी) र अन्य कारण देखाउँदै कामबाट हटाइएका श्रमजिवी पत्रकारहरूलाई पुर्नबहाली गर्ने,पारिश्रमिक दिने लगायतका कामहरु अझै हुन नसकेकोकुरा प्रति यो भेलाको गम्भीर ध्यानाकर्षण भएको छ । अतः पेशाबाट हटाइएका पत्रकारलाई पुर्नबहाली गर्न र दिन बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन सम्बन्धीत सञ्चार गृहसँग यो भेला माग गर्दछ ।
३. श्रमजीवी पत्रकार ऐनमा व्यवस्था भएका सेवा सुविधा कतिपय सञ्चार गृहहरुले अझैपनि कार्यान्वयन गरेका छैनन् । न्यूनतम पारिश्रमिक, बिमा लगायत श्रमजीवी पत्रकारले पाउनुपर्ने सेवा सुविधा तत्काल कार्यान्वयनमा ल्याउन यो भेला सम्बन्धीत पक्षसँग माग गर्दछ ।
४. श्रमजीवी पत्रकार आफैले सञ्चालन गरेका सञ्चार माध्यमलाई व्यवस्थित बनाउन र सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन स्थानीयस्तरका विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिनुपर्ने नीति ल्याउन नेपाल सरकार द्धारा गठित विाज्ञापान बोर्ड सँग यो भेला जोडदार माग गर्दछ ।
५. समाचार लेखेकै कारण सञ्चारकर्मी माथि हुने आक्रमण, धम्की लगायतका घटनामा अझै कमी आएको छैन । यस्ता घटनामा पीडित सञ्चारकर्मीलाई राहत दिन तथा घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन यो भेला माग गर्दछ ।
६. सूचनाको हक सम्बन्धी कानुन र नियमावली आएको लामो समय भएपनि अझै सूचनामा आम नागरिकको पहुँच पुग्न सकेको छैन । सूचनाको हकले प्रदान गरेको अधिकार सहज रुपमा उपलव्ध गराउने वातावरण सिर्जना गर्न सम्बन्धीत सबै पक्षसँग यो भेला आग्रह गर्दछ ।
७. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्ने गरी प्रेससँग सम्वन्धीत नीति तथा कानून निर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुलाई यो भेला आग्रह गर्दछ ।
८. पत्रकारहरुलाई सहुलियतमा उपचार गर्ने घोषण सरकारले गरेको भएपनि हाल सम्म त्यसको कार्यान्वयन हुन नसकेको वर्तमान अवस्थामा उक्त पत्रकार उपचार सहिुलियत कार्यक्रम तत्काल देखि लागुगर्न यो भेला मागगर्दछ ।
९.सरकारले सूचना तथा सञ्चार विभागवाट हुने रातो कार्ड वितरण अनलाइन दर्ता तथा नविकारण जिल्ला हुलाक कार्यालयमार्फत हुने भनि अख्तियारी दिइए पनि अधिकांस जिल्लाहरुमा हाल सम्म पनि त्यसको सुरुवात हुन नसकेकोले तत्काल सुरु गर्न माग गर्दै, प्रत्येक पुष मसान्त सम्म नवकिरण नगरे अनलाइन दर्ता पमाणपत्र खारेजी हुने ब्यवस्था हटाइ जरिवाना तिरेर नविकरण गर्ने ब्यवस्था गर्न सरकार सँग यो भेला जोडदार माग गर्दछ ।
१०.पत्रकारहरुको लेखनबृत्ती, क्षमता अभिबृद्धी, तथा स्थानीय विज्ञापन स्थानीय संचार माध्यमहरू मार्फत उपलब्ध गराउन यो भेला आग्रह गर्दछ
११. ऐतिहासिक एवम पर्यटकीय नगरी धुलिखेलको पर्यटन प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याउन यो भेला प्रदेश एवम संघीय सरकारसँग आग्रह गर्दछ ।