काभ्रे, जिल्ला बनेपा नगरपालिका वडा नं ११ मा कोरोनाका कारण रोजगारी गुमाएका गरिब तथा अति विपन्न वर्गका सल्ले,सिनागाल, पाकुडोलका ३७ जना ब्यक्तिहरुलाई नेपाल क्युकोशिन सेईसिनकाइकान करॉते संघ भैसिँपाटी डोजोले राहत वितरण कार्यक्रम राखि एक परिवार एक बोरा चामल, एक लिटर तेल केही बाफ लिने मेसिन , केही ब्यक्तिहरु लाई ब्लाङ्केट पनि वितरण गरेको छ।
बनेपा नगर पालिका वडा नंम्बर ११ मा कोरनाका कारण अति नै पिडीत ब्यक्तिहरुलाई यस संथाबाट केहि थोरै भएपनि राहत वितरण यस वडाका अग्रज व्यक्तिहरूको हातबाट गरिएको क्युकोशिन सेईसिनकाइकान का राजेन्द्र थापाले एक्टिभ मिडियालाई जानकारी दिनुभएको ।हाम्रो यस क्युकोशिन सेइशिनकाइकान कराते केन्द्रिय संध बाट यस्ता घेरै ठाउँहरुमा कोरानाका कारण काममा जान नसकेका र अति विपन्न परिवारहरुलाई यसरी नै राहत वितरण गर्दै कराते संघले खेलकुद क्षेत्रमा मात्र नभइ सामाजिक कार्यमा पनि खेलाडी र संघ अघि बढिरहेको पनि राजेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो सबैले यसरी नै आफुले सकेको सेवा गरौ सेवा नै प्रमुख धर्म हो ।
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
नेपाल क्युकोशिन सेईसिनकाइकान करॉते संघ काभ्रेले गर्यो राहत वितरण
- ६ वर्ष अघि | २७ मंसिर २०७७, शनिबार,