निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

लकडाउनमा पनि भक्तपुर चागुनारायण नगरपालिका का युवाले बनाए बाटोको ढल

  •   ६ वर्ष अघि | ३१ बैशाख २०७७, बुधबार,    

भक्तपुर, चागुनारायण नगरपालिका चागुनारायण मन्दिर बाट साखु जोड्ने सडकमा स्थानीय युवकहरुले लकडाउनको सदुपयोग गरि सडकमा ढल निर्माण गरेका छन्। कोरोना भाइरसले विश्वनै संक्रमित भएको अवस्थामा पनि।


चागुनारायण नगरपालिका का युवाहरुले भने उदाहरणीय कार्य गरेका छन्। उनिहरुले चागुनारायण देखि साखु सम्म करिव २ किमि मोटरबाटो मा ढल खनेर स्थानीय सरकारलाई विकास निर्माणलाई सहयोग गरेका छन्।


कोरोना भाइरसले नेपालमा २१८ जना संक्रमित भएर भक्तपुरमा २ र काठमाडौमा १ जना संक्रमित भेटिए संगै जनजिवन त्रसित भएको अवस्थामा पनि चागुनारायण नगरपालिकाले ढल खनेर बर्खा मा अाउने भेल बाट सडक जोगाएका छन । भने साखु हुँदै जाने हरुलाई थप सहज भएको छ।

थप