काभ्रे । जिल्ला बनेपा नगरपालिकामा सेना दिवस तथा महाशिवरात्रीको अवसर पारेर बनेपा नगरले पुलबजार देखि चारडोबाटो सम्म सडकको दायाँ ,बायाँ सरसफाइ गरेको छ।
नेपाली सेना दिवसको अवसरमा काभ्रेको बनेपामा आज सरसफाई कार्यक्रम गरिएको छ ।
सेना दिवसको अवसरमा आज बिहान अरनिको राजमार्ग अन्तर्गत बनेपाको चारदोबाटोदेखी पुल बजारसम्म सरसफाई गरिएको थियो ।
सरसफाई गर्न हातमा कुचो लिएर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे, उप–प्रमुख रेखा दाहाल, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नगरपालिकाका कर्मचारी सडकमा आएका थिए ।
सरसफाइ दैनिक हुने भएपनि पर्वमा गरिने सफाइ विशेष हुने उपस्थित को भनाइ रहेको थियोे ।
यस अघि प्रजातन्त्र दिवसमा पनि प्रशासनको टोलीले बनेपाको चण्डेश्वरी मन्दिरको सरसफाई गरेको थियो ।