नेपाल सरकार बाट अनुमति  प्राप्त पनौती, पाँचखाल र भकुण्डेमा ‘तौल पुल’ स्थापना

  •   २ वर्ष अघि | १६ पुस २०७८, शुक्रबार,    

काभ्रे । पनौती वडा नं ५ मा ग्लोबल मेशिनरी एण्ड टेक्नोलोजी  सर्भिसेजले नेपाल सरकार बाट मान्यता प्राप्त तौल पुल सञ्चालनमा ल्याएको छ।
आज एक कार्यक्रम गर्दै ग्लोबल मेशिनरी का सञ्चालक राजे सुन्दर सैजु,पनौती नगरपालिका प्रमुख भिम न्यौपाने ट्राफिक प्रहरी काभ्रे प्रमुख  प्रमिला श्रेष्ठ ,श्रिधर पाध्य ,पनौती उद्योग बाणिज्य का अध्यक्ष भोला थापा,बागमती उद्योग बाणिज्य संघका सदस्य कैलास पलान्चोके ,पत्रकार महासंघ का पुर्व अध्यक्ष मोतीराम तिमल्सिना उपस्थिति थियो।
  जिल्लाको पनौती, पाँचखाल र भकुण्डे गरी ३ स्थानमा ‘तौल पुल’ स्थापना गरिएको छ । बीपी राजमार्गको भकुन्डेवेशी, अरनिको राजमार्गको केराघारी र पनौती सडकको नैकिनटारमा जिल्लामा नै पहिलोपटक तौलपुल स्थापना गरिएको हो ।
जिल्लाको पनौती नगरपालिका स्थित नैकिनटार र पाँचखाल नगरपालिका स्थित केराघारीमा ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रा.लिद्वारा ‘तौल पुल’ सञ्चालनमा ल्याइएको हो । त्यस्तै नमोबुद्ध नगरपालिका स्थित भकुण्डेमा कोट कालिका मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रा.लिद्वारा सञ्चालनमा ल्याइएको हो ।

जिल्लाको पनौती नगरपालिका वडा नं ५ स्थित नैकिनटारमा स्थापना गरिएको ‘तौल पुल’ को पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले उद्घाटन गर्दै, ‘मालवाहक साधनले क्षमताभन्दा बढी भार बोक्दा सडक जीर्ण भएको हुनको साथै दुर्घटना भइरहेका छन् । तौलपुल सञ्चालनमा ल्याएपछि दुर्घटना न्यूनिकरण हुने विश्वास लिएका छौँ।’
त्यस्तै जिल्ला स्थित अरनिको राजमार्गको केराघारीमा पनि स्थापना गरिएको ‘तौल पुल’को ‘तौल पुल’ को उद्घाटन पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गरेका थिए । नमोबुद्ध स्थित भकुण्डेमा सञ्चालनमा ल्याएको ‘तौल पुल’को उद्घाटन नगरप्रमुख टि.पी शर्मा तिमल्सिनाले गरेका हुन् ।

थप