नगरप्रमुख भिम न्यौपानेले दिए कडा निर्देशन अब पिच छिटो गर्नुस् " मौसम राम्रो छ"

  •   ३ वर्ष अघि | २७ साउन २०७८, बुधबार,    

काभ्रे । जिल्ला पनौती नगरपालिका अन्तर्गत मा पर्ने बनेपा पनौती सडक निर्माणका लागि मौसम अब ठिक रहेको र कामलाई तिव्रता दिन निर्देशन दिनुभएको छ।

नगरप्रमुख भिम न्यौपानेले निर्माण कम्पनिका प्रतिनिधिलाई भेटेर कामलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । असार र साउन महिनामा पानी धेरै परेको हुनाले पिच केही महिना रोकिएको थियो । हिजो आज केही दिन देखि बर्षा कम भएकोले कम्पनीका प्रतिनिधि लाई भेटेर प्रमुख न्यौपानेले निर्देशन दिनु भएको छ । अबको एक महिना भित्र नै बाटो पिच गर्ने निर्देशन दिनु भएको हो ।

नगरप्रमुख भिम न्यौपानेले भन्नू भयो “बर्षा कम भएको छ। कामलाई तीव्रता दिनुहोस् । अब कुनै पनि बाहानामा कामको ढिलासुस्ती स्वीकार्य हुँदैन । काम छिटो गर्नु भन्नुको मतलब गुणस्तरहिन होस् भन्न खोजेको होईन ।”

थप