काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आयोजनमा काठमाडौमा बिहिबार हुन लागेको बृहत युवा सेलिब्रेसनमा काभ्रे जिल्लाबाट करिब पाँच हजार युवाको सहभागिता हुने भएको छ । बैशाख ११ गते लोकतन्त्र दिवसको दिन काठमाडौको भृकुटीमण्डपमा हुन लागेको युवा सेलिब्रेसन युवाहरुले जितेको दिनको रुपमा मनाउन लागिएको हो।
बिशेष गरि नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न युवाहरूको भुमिका रहेको सन्देश दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देशभरीबाट एक लाख युवा काठमाडौमा उतार्ने नेकपा एमालेले जनाएको छ।
नेकपा एमाले काभ्रे जिल्ला कमिटी सचीव राजकुमार सापकोटाकाले बैशाख ११ गते युवाले जितेको दिनलाई उत्सबको रुपमा मनाउन सबैलाई आह्वान गर्नुभएको छ। "२०६२/०६३ को आन्दोलनपछि लोकतान्त्रिक गणतन्त्रको अभ्यास प्रारम्भ भयो।बैशाख ११ गते निरंकुसताले हारेको र नेपाली युवाहरूले जितेको दिनलाई उत्सबको रुपमा मनाउन साथै नयाँ पुस्तालाई लोकतान्त्रिक गणतन्त्र कसरी आयो भन्ने सन्देश दिन युवा सेलिब्रेसन गर्न लागिएको हो "सापकोटाले भन्नुभयो।
नेकपा एमाले काभ्रे जिल्ला कमिटीको पदाधिकारी बैठक बसि युवा सेलिब्रेसन सफल बनाउन जिल्ला कमिटी, सबै पालिका कमिटी ,सबै वडा कमिटी र सबै जनसंगठनहरुलाई सर्कुलर पठाईसकेको छ।युवा सेलिब्रेसनमा जिल्लाको १३५ वडाबाट प्रती वडाबाट २५ जनाका दरले र पार्टी, पार्टीका विभिन्न जनवर्गीय संगठन गरि काभ्रेबाट करिव पाँच हजार युवा सहभागी गराउने एमाले काभ्रेको तयारी रहेको छ।