पनौतीमा र्‍यालीसहित एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

  •   ५ महिना अघि | १३ बैशाख २०७९, मङ्लबार,     एक्टिभ मिडिया संवाददाता

काभ्रे : स्थानीय तहको निर्वाचनको लागि जिल्लामा चुनावी गतिविधि तिव्र रुपमा अघि बढेको छ । दलहरु उम्मेदवार छनोटसँगै मनोनयन दर्तामा व्यस्त भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा मनोनयन दर्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । त्यस्तै जिल्लाको पनौती नगरपालिकामा पनि स्थानीय तहका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

बाजा र र्‍यालीका साथ नगर परिक्रमा गर्दै उम्मेदवारहरुले मननोयन दर्ता गराएका हुन् । हर्ष, उमंग र जोशका साथ उम्मेदवारहरुले आज नगरको निर्वाचन अधिकृतको कार्यालयमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेबाट नगर प्रमुखका लागि भिम न्यौपाने  उप–प्रमुखका लागि गिता बन्जरा सहित पनौतीका सबै वडाका अध्यक्ष र वडा सदस्यले  मनोनयन दर्ता गराएका हुन् ।


थप