निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

केन्द्रीय सदस्य पराजित नविना लामाको वलिलाई सन्देश ; टुहुरो अनुभव भयो

  •   १० महिना अघि | ४ पुस २०८२, शुक्रबार,     एक्टिभ मिडिया

काभ्रे । नेकपा एमालेको ११ औं महाधिवेशन सकिए लगत्तै खुल्ला महिला केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेकी नविना लामा झिनो मत अन्तरले पराजित हुनुपरेपछी सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो लेख्नुहुन्छ ।

श्रद्धाय अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीज्यूहरू तथा सिंगो केन्द्रीय कमिटीलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।

बुबा बितेको चार महिना पुग्दै गर्दा मनभित्रको टुहुरोपन बोकेर ११औँ महाधिवेशनमा सहभागी भएँ । आज फेरि पनि त्यही गहिरो टुहुरो भएको अनुभूति मनमा बल्झिरहेको छ ।

अध्यक्ष केपी बा समूहमा अन्तिम क्षणसम्म इमानदार प्रयास गरियो, तर टिममा समेटिन सकिनँ । अध्यक्ष कमरेड केपी शर्मा ओलीप्रति मेरो गहिरो विश्वास थियो — किनकि कक्षा ६ देखि एमाले–अखिलको राजनीतिमा होमिँदै काभ्रे जिल्ला कमिटी,अखिल केन्द्रीय सदस्य, सचिवालय सदस्य, स्ववियु सचिव, सभापति हुँदै अखिलको उपाध्यक्ष, महासचिव र अध्यक्षसम्मको जिम्मेवारी वहन गरेँ । पार्टी केन्द्रीय सदस्य र समानुपातिक सांसदको भूमिका पनि निर्वाह गरेँ । त्यो सम्पूर्ण राजनीतिक यात्रा अध्यक्ष कमरेडकै नेतृत्व र टिमसँग जोडिएको थियो ।

तर राजनीतिक विदाइको घडी आउँदा त्यो टिममा मेरो नाम नरहनु — यो यथार्थ मनका लागि निकै पीडादायी रह्यो ।यसको करना थियो वैठकमाँ पार्टी पुनर्गठन विषयमाँ वोलेको थियो … 

मैले महिला खुला तर्फ उम्मेदवारी दिएँ । १५७९ मत प्राप्त गर्दै केवल २० मतको झिनो अन्तरले पराजित भई ५३औँ उपविजेता बन्न पुगेँ । पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म कहिल्यै नहारेको मेरो राजनीतिक यात्रामा यो पहिलो हार थियो — जसले मनलाई गहिरो चोट दियो ।

मत माग्ने क्रममा स्वास्थ्यले साथ नदिएर ज्वरो आएर विश्राम गर्नुपर्ने बाध्यता पनि आयो, जसले त्यो समय अझ कठिन बनायो ।

तर यति कठिन घडीमा पनि माया, विश्वास र साहस दिएर मत दिनुहुने सबैप्रति मेरो मुटु कृतज्ञताले भरिएको छ । मेरो लागि सडक–सडकमा मत माग्दै पर्चा बाँडेर हिँड्ने मेरा श्रीमान, अखिलका दाजु–बहिनीहरू, काभ्रे जिल्ला हुँदै देशभरिका ती प्रिय कमरेडहरू—सबैलाई मुटुदेखि नमन र हार्दिक धन्यवाद ।

तपाईंहरूको साथ, माया र विश्वासले मेरो खालीपनलाई फेरि आशा, आत्मबल र निरन्तर लड्ने हिम्मतमा बदलिदिएको छ ।

संघर्ष जारी छ, यात्राको अध्याय अझ बाँकी छ । ❤️🙏

उहाँको वालबाट जस्ताको तेस्तै साभार

थप