एमाले काभ्रेको बन्द सत्र अहिले विहान ९ बजेबाट शुरुहुने

  •   २ दिन अघि | २९ जेष्ठ २०८१, मङ्लबार,     मणिराम दाहाल

काभ्रे । नेकपा एमालेको एघारौं अधिवेशनको उद्घाटन  हिजो धुलिखेलको बेयजिङ प्लान्टमा सम्पन्न भएसँगै नेकपा एमाले काभ्रेमा नयाँ नेतृत्व चयन गर्ने र पार्टीका प्रतिवेदन हरु पेश गर्ने अहिले नौ बजेबाट धुलिखेल नगरपालिकाको सभाहलमा बन्द सत्र शुरु हुनेछ । बन्द सत्रमा पार्टीका समग्र गतिविधीका बारेमा राजनीतिक, सांगठनिक प्रतिवेदनहरु प्रस्तुत हुनेछन् । प्रतिवेदनहरु उपर छलफल हुनेछ’–सचिव भुर्तेलले भने–‘नेताहरु बन्द सत्रमा प्रशिक्षाणत्मक मन्तब्य दिनु हुनेछ ।’

बन्द सत्र संचालनका लागि अध्यक्ष मण्डल गठन हुनेछ भने नेतृत्व चयनका लागि केन्द्रिय निर्वाचन आयोगबाट खटिएको टोली र जिल्ला कमिटीले सिफारिस गरेको टिमले निर्वाचन प्रकृया शुरु गर्नेछ । प्रतिवेदनहरु पास भए लगत्तै नेतृत्व चयनको प्रकृया शुरु हुनेछ ।

एमालेले १० औ जिल्ला अधिबेशनबाट हाईटेक शैलीको इलेक्ट्रिक भोटिङ मेशिन प्रयोग गर्न शुरु गरेको छ । अघिल्लो पटक करिव १ हजार ३ सय प्रतिनिधी सहभागि भएका थिए । यो पटक ६ सय ९२ प्रतिनिधी सहभागि हुनेछन् । यो पटक पनि सोहि विद्यीबाट प्रतिनिधीहरुले नेतृत्व चयन गर्नेछन् ।

थप