चार महिनामा खानेपानी, पाँच महिनामा फोहोर व्यवस्थापन :नेकपा बनेपाको प्रतिबद्धता

  •   २ वर्ष अघि | १८ बैशाख २०७९, आइतवार,     एक्टिभ मिडिया संवाददाता

काभ्रेपलान्चोक – नेकपा एमालेले स्थानीय तहको निर्वाचनको सन्र्दभमा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।चार महिनामा खानेपानी को समस्या समाधान गर्ने र पाच महिनामा फोहोर व्यवस्थापन गर्ने भिजन र योजना रहेको बताइएको छ। सो प्रतिबद्धतापत्रमा शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर बिषय उठान गरेको छ । सो प्रतिबद्धतापत्रमा बनेपा नगरमा रहेका सामुदायिक विद्यालयहरुमा आवाश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण गर्दै प्रत्येक विद्यालयमा छात्र छात्राको लागि छुट्टै शौचालय, खानेपानिको ब्यवस्था, बालमैत्री कक्षा कोठा, बालमैत्री खेलमैदान, एक विद्यालय एक बाल उद्यानको, ब्यवस्था गरिने बिषय उल्लेख छ । प्रत्येक विद्यालयमा रहेका बाल विकास केन्द्रहरुको स्तर उन्नती गरी बाल विकास केन्द्रका सहयोगी कार्याकर्ताहरुलाई उचित पारिश्रमिक र तालिमको ब्यवस्था गरि तथा सामुदायिक विद्यालयमा पर्याप्त शिक्षकको ब्यवस्थापन, शैक्षिक सामग्री, पुस्तकालय, शिक्षकलाई तालिम जस्ता कार्यमा जोड दिई सामुदायिक विद्यालयको गुणस्तरमा बृद्धी गर्दै, अभिभावकहरुको सामुदायिक विद्यालयमा आकर्षण बढाउने कार्य गरिने उल्लेख छ ।

त्यस्तै नगर भित्र रहेका प्राविधिक विद्यालयको स्तरोउन्ती गर्दै प्रत्येक २ वटा वडामा १ वटा प्राविधिक विद्यालय हुने गरी निःशुल्क प्राविधिक शिक्षाको ब्यवस्था गरिने छ र सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा, प्रयोगात्मक शिक्षा, बैज्ञानिक शिक्षा सहित सबै विद्यालयमा अंग्रेजि माध्यमको सिकाईलाई प्राथमिकता दिईने बिषय उल्लेख छ ।

बनेपामा स्थापित पोलिटेक्नीकल ईन्ष्टिच्युटलाई नगर स्तरिय प्राविधिक विद्यालयमा रुपान्तरण गर्दै उक्त स्थानमा एमबिबिसएर र जेटिएर नर्सिङ, जस्ता प्राविधिक विषयको अध्यापनमा जोड दिई स्थानीय सर्वसाधारणको पहुँचमा जोड दिईने बिषयलाई प्राथमिकतामा राखेको छ । बनेपामा रहेका सम्पूर्ण विद्यालयका भौतिक संरचनाहरु अपाङ्ग्मैत्री बनाइने छ भने अपाङ्ग्ता भएका बालबालिकाहरुको लागि आवाश्यकता र उनीहरुको अवस्था अनुसारको शिक्षण सिकाई क्रियाकलापको विशेष ब्यवस्था गरिने तथा एक माध्यामिक विद्यालय एक नर्स वा स्वास्थ्यकर्मिको ब्यवस्थासँगै स्कूल बसको व्यवस्थाको बारेमा उल्लेख गरेको छ ।

थप