निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

एमाले पनौती नगर कमिटी चुनावको तयारीमा जुट्यो

  •   ५ वर्ष अघि | २० फाल्गुन २०७८, शुक्रबार,    

पनौती। नेकपा एमालेप्रति आकर्षण र नमूना स्थानीय तहको रुपमा स्थापित पनौतीमा नेकपा एमालेले सकृयता बढाएको छ । 
स्थानीय तहको निर्वाचन नजिकदै गर्दा एमाले पनौती नगर कमिटीले त्यसको तयारी गाउँबस्तीबाटै सुरु गरेको छ । 
आफ्नो विरासतलाई जोगाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा १२ वटा नै बडामा सानदार विजयी हुने अभियानमा सकृय बनेर लागेको हो । बिहीबार नेकपा एमाले पनौती नगरकमिटीले निर्वाचनको तयारी तथा योजना बनाउने उदेश्यले तेस्रो पुर्ण बैठक सम्पन्न गरेको छ । बैठकमा हालै सम्पन्न एमाले काभ्रेको नवौ जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारी तथ पनौती नगरबाट जिल्ला कमिटीमा प्रतिनिधीत्व गर्ने नेताहरुलाई सम्मान कार्यक्रम गरेको छ । बैठकको अध्यक्षता नगर कमिटीका अध्यक्ष सुरेश हुँमागाईले गरेका थिए । 
बैठकले १९ जना रहेको सचिवालय तथा निर्वाचन केन्द्रीत रहेर  विभिन्न विभाग गठन गरेर त्यसको इन्चार्जका जिम्मेबारी गरेको हुँमागाईले बताए । जिल्लाको नेतृत्व, जिल्ला कमिटीमा प्रतिनिधीत्व गर्ने नेताहरुसँग बसेर योजना बनाउने र आसन्न स्थानीय तहको निर्वाचनमा प्रचण्ड बहुमतमा विजयी बन्न योजना अघि सारेको अध्यक्ष हुँमागाईले बताए ।

थप