पाँचखालमा एमाले नगर कमिटीको कार्यालय उद्घाटन

  •   २ वर्ष अघि | २१ माघ २०७८, शुक्रबार,    

काभ्रे  – नेकपा एमाले पाँचखाल नगर कमिटीले आफ्नो कार्यालयको उद्घाटन  गरेको छ । पाँचखाल नगर कमिटीले समाजकल्याण चोकमा कार्यालय संचालन गरेको हो । आज एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले उक्त कार्यालयको उद्घाटन  गर्नुभएको छ ।  

कार्यालय उद्घाटन  कार्यक्रममा जिल्ला कमिटी उप-सचिब रिता ढकाल, एमाले नेता कञ्चन अधिकारी, नगर कमिटीका अध्यक्ष बिष्णु पौडेल सहित नगर कमिटीका पदाधिकारी, पाँचखाल नगरका एमाले नेताहरू सहभागी भएका थिए ।

थप