दशौं जिल्ला अधिवेशनमा काभ्रे एमालेमय :२५ हजार भन्दा माथिको जनसहभागिता - अध्यक्ष केपि ओलि खुसि 

  •   २ वर्ष अघि | २३ पुस २०७८, शुक्रबार,    

काभ्रे । धुलिखेल रंगशालामा दशौं काभ्रे  जिल्लाको अधिवेशन भव्य जनसभागिताको साथ सुरु भएको छ।
धुलिखेलमा  नेकपा एमाले काभ्रेले आज बृहत्  शक्ति प्रदर्शन गरेको छ । विपक्षी दलहरुलाई समेत चुनौती दिने हिसाबले गरेको शक्ति प्रर्दशनमा कम्तिमा २५ हजारको जनसहभागिता रहेको अनुमान नेता कार्यकर्ताले गरेका छन ।
एमाले  काभ्रेको दशौं जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपि शर्मा ओलिले बृहत् समारोहमा २५ हजार भन्दा बढीको उपस्थितमा गर्नुभएको  हो । 
काभ्रेका १३ वटा स्थानीय तहबाट गाडीको सुविधा सहित नेता कार्यकर्ता तथा सर्वसाधारणलाई धुलिखेलमा उपस्थित  गराएको हो ।
एमाले बिभाजनपछि सहभागीको संख्यामा कमी आउने आशंकाको बीचमा हजारौको उपस्थितीमा शक्ति प्रर्दशन गरेको हो।
एमाले  पहिलो शक्तिको रुपमा रहेको पुष्टि गरेको सहभागीहरुले बताएका छन् ।
आम कार्यकर्ता मुल पार्टीमै रहेको सन्देश दिएको अधिवेशनमा विभिन्न पार्टी परित्याग गरेर १२ सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । काभ्रेमा एमाले विगतकै विरासतमा रहेको पुष्टि गरेको कार्यकर्ता बताउँछन्।

थप