बनेपामा विभिन्न पार्टी परित्याग गरि संयौको संख्यामा एमालेमा प्रवेश - गोकुल बास्कोटाले गरे स्वागत 

  •   २ वर्ष अघि | १७ पुस २०७८, शनिबार,    

काभ्रे । बनेपा नगरपालिका भित्र बसोबास गर्ने नगर भित्रका वडा हरुबाट विभिन्न पार्टी परित्याग गरि ११० जना  युवाहरू, महिला ,विभिन्न पार्टीका जिम्मेवार पदमा भएका व्यक्तिहरू  एमालेमा प्रवेश गरेका छन्।
आज नेकपा एमाले बनेपा नगर कमिटीको विस्तारित बैठक तथा आउदै गरेको १० अौं जिल्ला अधिवेशन को सन्दर्भमा बैठक राखेको थियो ।
कार्यक्रम आयोजना गदै  बनेपा नगर कमिटीले पार्टी प्रवेश कार्यक्रम पनि  राखेको हो।
कार्यक्रममा बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रन्जित प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य पुर्व मन्त्री गोकुल बास्कोटा, पार्टी जिल्ला अध्यक्ष अशोक व्यन्जु जिल्ला कमिटी सदस्यहरु कुमार तिमल्सिना , हरिशरण दाहाल ,तुला प्रसाद दाहाल , बनेपा नगर प्रमुख लक्ष्मी नरहसिंह बादे,उपप्रमुख रेखा सापकोटा दाहाल ,पार्टी कमिटीका विभिन्न  व्यक्तिहरुको उपस्थिति मा पुर्व मन्त्रि गोकुल बास्कोटाले खादा र माला लगाएर नव प्रवेशीलाई नेकपा एमालेमा स्वागत गर्नुभएको छ।
कार्यक्रममा गोकुल बास्कोटाले भन्नुभयो तपाईहरु अब पार्टीको लागि जिम्मेवार नेता हुनुभयो । एमाले तपाईंको हातमा छ।  काभ्रेमा विकास जति भएको छ सबै एमाले को सरकार हुदाँ गरिएको हो । कुनै अरु पार्टीले केही गरेको छैन अब तपाईं हरु पार्टीको खम्बा हो। पार्टीले गरेको काम को प्रचार गर्नुस् ।पार्टी  निर्माण र देश विकासमा अब सँगसँगै जाने हो उहाँले भन्नुभयो ।
उहाँले कार्यकर्तालाई भन्नुभयो पार्टीलाई पनि समय मिलाएर दिनुस् । तपाईं हरुले दिएको समयले पार्टीको निर्माण मजबुत हुनेछ ।
कार्यक्रम मा बनेपा नगर कमिटी का अध्यक्ष रत्नकुश रन्जितले भन्नुभयो नेकपा एमाले सबै एमाले प्रेमिको पार्टी हो। पार्टीको सुचनालाई आधिकारिक मानेर दशौं अधिवेशन मा भव्य सहभागी हुन अनुरोध गर्नुभयो ।
पार्टीको निर्माणका लागि कमिटी सधै क्रियाशील रहिरहने र पार्टी निर्माण मा बाधा नपुर्‍याउने आग्रह गर्नुभयो  ।
विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्ने व्यक्तिहरु

थप