काभ्रे । बनेपा नगरपालिका भित्र बसोबास गर्ने विभिन्न पार्टी परित्याग गरि १७ जना युवाहरू एमालेमा प्रवेश गरेका छन्।
आज एक कार्यक्रमको आयोजना गदै बनेपा नगर कमिटीले पार्टी प्रवेश कार्यक्रम राखेको हो।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य पुर्व मन्त्री गोकुल बास्कोटाले खादा र माला लगाएर नव प्रवेशीलाई नेकपा एमालेमा स्वागत गर्नुभएको छ।
कार्यक्रममा गोकुल बास्कोटाले भन्नुभयो तपाईहरु अब पार्टीको नव प्रवेशिका हैन पार्टीको खम्बा हो। पार्टी निर्माण र देश विकासमा अब सँगसँगै जाने हो उहाँले भन्नुभयो ।
उहाँले कार्यकर्तालाई भन्नुभयो पार्टीलाई समय मिलाएर दिनुस् । तपाईं हरुले दिएको समयले पार्टीको निर्माण मजबुत हुनेछ ।
कार्यक्रम मा बनेपा नगर कमिटी का अध्यक्ष रत्नकुश रन्जितले भन्नुभयो पार्टी प्रवेश कार्यक्रम महिनाको एक चोटि गरिनेछ।
पार्टीको निर्माणका लागि कमिटी सधै क्रियाशील रहिरहने र पार्टी निर्माण मा बाधा पुर्याउने हरुलाई ठेगान लगाउने बताउनुभयो ।
कार्यक्रममा बनेपा नगर कमिटीका उपाध्यक्ष नवराज मानन्धर , पुर्व नगर कमिटी अध्यक्ष लक्ष्मी नरहसिंह बादे, अनेमा संघ उपाध्यक्ष रेखा सापकोटा दाहाल र पार्टीका विभिन्न व्यक्तिहरुको उपस्थिति थियो।
विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्ने व्यक्तिहरु 
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
विभिन्न पार्टी परित्याग गरि बनेपाका युवाहरू एमालेमा प्रवेश
- ५ वर्ष अघि | ३ पुस २०७८, शनिबार,