काभ्रे । बनेपा नगरपालिका वडा नं ३ नेकपा एमालेको प्रथम वडा अधिवेशन ३१ सदस्य सहित सर्वसम्मत भएको छ।
अधिवेशन मा अध्यक्ष मा राजु बजगाई उपाध्यक्ष केदार प्रसाद दाहाल सचिव कमल दाहाल उपसचिव लक्ष्मण दाहाल उपसचिव प्रदिप दाहाल सर्वसम्मत मनोनीत भई वडा अधिवेशन भव्य र सव्य रुपमा सम्पन्न भएको छ।
वडा अधिवेशन कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य हरिशरण दाहाल , जिल्ला कमिटी सदस्य तुला प्रसाद दाहाल , पुर्व जिल्ला कमिटी सदस्य रामशरण दाहाल , क्षेत्रिय कमिटी उपाध्यक्ष कृष्णप्रसाद दाहाल, क्षेत्रीय कमिटी सचिवालय सदस्य बलराम बजगाई, अ. ने.म संघ जिल्ला उपाध्यक्ष विमला सापकोटा दाहाल , सदस्य रेखा सापकोटा दाहाल लगायतका नेता कार्यकर्ता को उपस्थिति थियो। 
कमिटीले नगर अधिवेशन को लागि ४६ जना प्रतिनिधि सिफारिस गरि पारित गरेको छ।