निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

काङ्ग्रेसको अधिवेशनमा एमालेको हल्ला - शिव प्रसाद हुमागाई

  •   ५ वर्ष अघि | ३ असोज २०७८, आइतवार,    

काभ्रे । काभ्रेपलान्चोक जिल्लामा काङ्ग्रेस को विवाद विवाद नभएर नेकपाका साथिहरुले , या भनौ नेकपा एमालेका नेता कार्यकर्ताले चिया पसल हरुमा गरिएको हल्ला मात्र हो शिव प्रसाद  हुमागाईको आरोप छ।

हुमागाईले काङ्ग्रेसको महाधिवेशनमा नखेल्न एमालेलाई आग्रह गर्नुभयो । काङ्ग्रेस आफै चुनावी प्रतिस्पर्धा गर्ने सक्षम छ भनेर चेतावनी समेत दिनुभयो।

हुमगाइले काङ्ग्रेसमा कुनै पनि गुट नभएको र गुट बनाएर हिड्नेहरु कोहि छन् भने उनिहरुलाई नै घाटा हो । उहाले भन्नुभयो ।

सदस्यता विवादका कारण नेपाली काँग्रेस काभ्रेको कार्यालयमा लगाएको ताला आज खोलेको छ । पार्टी भित्र सदस्यता सम्बन्धी विवाद सहमतिमा टुंगिएपछि ताला खुलेको हो ।

आइतबार साँझ पत्रकार सम्मेलन गरेर काँग्रेसले सबै कुरामा सहमति भएको जनाएको छ । सहमति भएपछि कार्यालयमा लगाएको ताला खोलेर पत्रकार सम्मेलन गरेको थियो ।

आज जिल्ला तहका सबै नेताहरू केन्द्रले दिएको निर्वाचन तालिका अनुसार नै अधिवेशन सम्पन्न गर्ने साझा सहमति गरेका छन् ।

जिल्ला सभापति मधु आचार्य, पूर्व जिल्ला सभापति शिव हुमागाईं, जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति सहितको छलफलले अधिवेशन तालिका हेरफेर नगर्ने सहमति गरेका हुन् ।

काभ्रेमा असोज ५ गते वडा अधिवेशन हुँदैछ भने ९ गते पालिका अधिवेशन हुँदैछ ।

थप