निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

जनप्रतिनिधिहरुले अनावश्यक आडम्बर त्याग्नु पर्छ: डिवि लामा

  •   ५ वर्ष अघि | २५ असार २०७८, शुक्रबार,    

काभ्रे, जिल्ला रोशि गाउँपालिका का प्रमुख डिवि लामाले गाउँपालिकाको नवौ अधिवेशन सक्दै जनतालाई यसो भन्नुभयो “हामी जनप्रतिनिधिहरु कुनै न कुनै पार्टिबाट निर्वाचित भएर आएका हुन्छौ,यस मानेमा हामी हाम्रो दलप्रती सधै उतरदायी छौ र हुनुपर्छ,तर यसो भनिरहदा हामिलाई भोट दिने जनताको मात्रै सेवा गर्ने भनेर पर्गेल्न त पक्कै सम्भव हुन्न,त्यसैले राजनितिको चाहना राख्ने तपाईं हामी सबै जनताको साझा बन्न सकेनौ भने परिणाम अहिले हैन तत बेलामा देखिन्छ।

हामी सबै सधै बिधिको कुरा गर्छौ तर आफु अनुकुल निर्णय भए वैध र नभए अवैध भन्ने हाम्रो परम्परा सधै रहिरह्यो।

जस लिनाकोलागी हाम्रो होडवाजी रोचक नै रह्यो,
हामिले छानेका आयोजना जनताको समस्या तथा मागमा केन्द्रीत हो भने किन तैले गरेको र मैले गरेको उस्ले होईन मैले हालेको गरेको भन्नुको कुनै औचित्य छैन 
हामी कसैले पनि आफ्नो घरवार बेचेर रकम बाडेको त पक्कै होईन मात्र प्रथामिकतामा पारेर थप पहल कदमी गरेको होला,त्यसैले अनावश्यक जस लिने आडम्बर त्याग्नु जरुरी छ ।

बिग्रे भत्केको सवै अरुको,सप्रे जत्ती सबै मेरो,आफु दुधले धोएको अरु खोटैखोट रहेको भन्ने भावको अन्त्य नभए सम्म समृद्दी केवल नारामा मात्र सिमित रहने भन्ने कुरा सबैले मनन गरौ,आपसी विवेद, कलह र शंकाले कसैको पनि भलो गर्दैन भन्ने कुरामा सबै सदस्यहरु एकमत हुनुहुनेछ भन्ने अपेक्षाका साथ सोही अनुसार परिबेश सुहाऊदो हुनेगरी कार्यन्वयन कार्ययोजना बनाई अघी बढौ र आफु पनि बचौ,रोशी र रोशिबासिलाई पनि बचाऊ भन्दै गत असार १० गते सुरु भएको रोशी गाउँपालिकाको नवौ अधिबेशन अन्त भएको घोषणा गर्दछु,धन्यवाद !
जय रोशी । भनी आफ्ना सभासद र जनता समक्ष यस्ता कुरा अगाडि सार्नुभयो।

थप