छाउ नबार्ने महिलालाई डोटीमा सम्मान

  •   ३ वर्ष अघि | २५ असार २०७८, शुक्रबार,    

डोटी, छाउ नबार्ने महिलालाई सम्मान गर्दै पूर्वीचौकी गाउँपालिका, डोटीकी उपाध्यक्ष निर्मलादेवी साउद र अध्यक्ष दिर्घराज बोगटी।

डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले छाउ (महिनाबारी रजस्वला) नबार्ने १४ महिलालाई सम्मान गरेको छ। उसले आफ्ना हरेक वडाबाट दुई जना छानेर जनही ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेको हो। 

गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउदकाअनुसार महिनाबारी नबारी नियमित घरव्यवहारका काम गर्दै आएका महिलालाई सम्मान गरिएको हो। उनीहरूलाई गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी र उपाध्यक्ष निर्मला देवी साउदले नगद रकम र प्रशंसापत्र हस्तान्तरण गरेका हुन्। 
‘पोहोर हामीले कार्यविधि बनायौं। यसपालिदेखि सम्मान कार्यक्रम गर्‍यौं’, अध्यक्ष बोगटीले भने, ‘गाउँपालिकाले बर्सेनी यसैगरि सम्मान गर्दै जानेछ।’ 

थप