काभ्रे,केहि दिन अगि देखि निकै नै मदुरो भएको छ मेरो बोली समस्या पर्दा के भनौ कसलाई भनौ कस्को सपोर्ट मागौ जस्ता अनुभुति भैरहेको थियो । केहि बितेका दिन अगि काभ्रेपोस्ट साप्ताहिक पत्रीकाका प्रधान सम्पादक मेरो आदरणीय मामा बिष्णु प्रसाद चौलागाईंको आकस्मिक निधनले म मर्माहित भएको छु । मामा हुदा सम्म प्रतेक क्षेण आफु सुरछित भयको महसुस हुन्थ्यो र मामाले मलाइ समय समयमा बोलाउनु हुन्थ्यो र कलाकारिता क्षेत्रको बारेमा बिशेष सल्लाह र सुझाव दिनु हुन्थ्यो । सोहि समय अहिले धेरै याद आयको छ जुन मेरो अभिनयमा सजिएको गित औंठि चिनो छ बाट मलाइ पत्रीका मार्फत चिनाउन र प्रमोशन गर्न सहयोग गर्नु भयो त्यो क्षण अहिले पनि याद आउछ भान्जा यो गितले राम्रो भिउज ल्याउछ भन्नु हुन्थ्यो तर बास्तबमा हजुर ले दिएको प्रतिक्रिया मिलेरै छोड्यो र मलाई अत्यन्तै माया गर्ने मामाको निधनले मेरो प्रगतिमा ठेस लाग्न पुगेको मात्र होइन म विचलित भै अघि बढ्न कठिन महसुस भएको छ । मामाले मलाइ कलाकारिता क्षेत्रमा प्रवेश गर्न निकै प्रेरणा दिनुको साथै पत्रकारिता बाट सक्दो सहयोग पुर्याउदै आउनु भयो । भान्जा पैसा बिना बाच्न सकिदैन तसर्थ कलाकारितामा पैसा मिल्दैन पेशा राम्रो भयर पनि जिवन धान्न गार्हो भै भबिस्य कठिन हुन सक्छ भन्नु हुन्थ्यो बिभिन्न प्रकारका अफ्ठेराहरुको पनि सामना गर्न उत्प्रेरना प्रदान गर्दै आउनु भयो ।। मैले मोडल बिधामा हात हाले पञ्चात प्रचार प्रसार गर्ने र म सामु जोडिएका सम्पुर्ण अग्रज कलाकार हरुको न्युज राख्न पछि हट्नु भएन र मलाइ महत्त्वपुर्ण काममा सहयोग पुर्याउनु भयो । भान्जा भान्जि भनेपछि हुरुक्क हुने मामा एक्कासि गुमाउनु परेको खबरले मलाइ पिडा वोध मात्र गराएन अब के गर्ने , कस्को सहयोग लिने भन्ने जस्ता कुराले चिन्तित बनाएको छ ।मामा बिरामिको खबर पायपछि म उहालाइ भेट गर्न ॐ हस्पिटल पुग्दा उहा आइसियुमा हुनुहुदो रहेछ भेट भयन पछि भेटौला भन्दा,भन्दा एक दिन बिहान ४ बजे दिपक मामा बाट फोन आयो मामा त हामि बाट बिदा हुनु भयो । यो खबरले चकित भय झुटो हो भनु भने दिपक मामा ले दियको खबर कसरि झुट हुन्थ्यो अनि छागाबाट खसेको बेगमा घरमा बुबा दाइ भाउजु संग कुरा गरि सबै जिल्ल भय । एउटा अशल अभिभावक जस्ले मलाइ बेलाबेलामा सम्झनु हुन्थ्यो । मामाको अफ्ट्यारोमा मेरो पनि साथ त थियो नि तै पनि अहिले म एक्लो अवस्थामा छु । कहि कतै समस्या भय मामा हुनुहुन्छ भन्ने ठुलो भर थियो धेरै लाइ सुनाए भने केहि सहयोग गर्नु पर्छ भने महिले गर्ने सहयोग गर्छु र सबै ठाउँमा पुग्न सक्ने धेरै कुराको जानकारि आदरणीय मामा आज हामि हरुको बिच रहन सक्नु भएन । मृत्यु एकदिन निश्चित नै थियो तैपनि जिवनको मध्यतिरनै आफ्ना सारा उपलब्धि हरुलाइ नि सन्देह त्याग गर्न निस्ठुरि दैवले बाध्य बनायो आज मैले सारा संसार अन्धकारमय देखेको छु धेरै साथि हरु बाट फोन आयो के यो बास्तबिक हो यो कसरि भयो म भने बोल्न सकिन साथिहरुको सुझावले मन हलुका हुदै गयो उहाको छाहारिबाट प्राप्त अव कतैबाट प्राप्त हुन सक्दैन ।
मलाइ विस्वास छ दिन रात , दुख कस्ट नभनि जुन अवस्थामा आइपुग्नु भयो त्यो मेरो लागि उत्तिकै महत्वपुर्ण थियो । मामाले समाजमा पुर्याएको योग्दान , मित्रभाव , व्यवाहार बाट हामिले पाठ सिकि अनुशरन गर्नु उत्तिकै आवश्यक छ । अन्तमा मामा तपाइ अझै केहि गर्न सकिन्छ भन्ने कहलाउदो उमेरमा हामिलाइ अभिभावक बिहिन बनाइ आज हामिलाइ साहारा बिहिन अवस्थामा छोड्नु भयो म लगायत धेरै हजुरका श्रोता हरु नि.शव्द छन ।।
अन्तमा मामाले यो संसार बाट अलविदा लिएता पनि अनन्तकाल सम्म मामाको आत्माले कहिलै कष्ठ झेल्नु नपरोस आत्माले सधै सधै शान्ति सत्कर्म बाट त्यो आत्मा सदा सदा सन्तुस्टि रहोस यस्मा मेरो दृढ संकल्प छ ।मृत आत्मा प्रति श्रद्धाभक्ति पुर्न श्रद्धाञ्जली व्यक्त गर्दछु ।अन्तमा भगवान कतै छ भने मामाको आत्माले दिगो शान्ति पावश कुनै समस्या नहोस विन्ति पुर्ण इश्वर प्रति प्रार्थना गर्दछु । (स्वर्गीय मामा विष्णु चौलागाईं प्रति भान्जा सविन गौतमको श्रद्धाञ्जली सन्देश )
निरन्तर खबरदारीता न्यायीक पत्रकारीता
मामाको मृत्युको वियोगमा छट्पटीएका भान्जा सविनको श्रद्धाञ्जली सन्देश
- ६ वर्ष अघि | १४ मंसिर २०७७, आइतवार,