एकाउन्टविलिटी ल्यावको आयोजनामा बनेपामा निर्वाचन विषेश छलफल

  •   १ वर्ष अघि | २६ असोज २०७९, बुधबार,     एक्टिभ मिडिया संवाददाता

बनेपा। प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा प्रभावकारी मतदाता शिक्षा किन आवश्यक छ भनेर काभ्रेपलाञ्चोक जिल्लाका सरोकारवालाले छलफल गरेका छन् । 

एकाउन्टविलिटी ल्यावको आयोजनामा बनेपामा भएको छलफलमा नागरिक समाज, सुरक्षा निकाय तथा संचारकर्मीको उपस्थिती रहेको थियो । काभ्रेपलाञ्चोक जिल्लामा रहेका सकृय युवा पत्रकार, नागरिक समाज, गैससका प्रतिनिधी, विगतका निर्वाचनमा परीवेक्षण गरेका गैससका प्रतिनिधी सुरक्षा निकायका प्रतिनिधीको प्रत्यक्ष उपस्थितीमा एकाउन्टबिलिटी ल्याबको आयोजनामा छलफल भएको हो । 

छलफल तीन समुहमा विभाजन गरिएको र सबैले निर्वाचनका बिषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा गैसस महासंघका केन्द्रीय सदस्य टोमप्रसाद सापकोटा, जिल्ला सचिव सुमन खड्का, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोरा, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, अभियान्ता भेषराज दनुवार सहभागी थिए । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका उमेश थपलिया, पत्रकार ज्योति श्रेष्ठ, इन्द्र थापा, शिखर चौमौरिया, सुकदेव थपलिया, रोसन पौडेल, सुरज श्रेष्ठ, मणिराम दाहााल,अरबिद्र गौतम, लालध्वज तामाङ, राज तिमल्सिना सहभागी थिए । 

सहभागीले निर्वाचन शिक्षा निर्वाचनको समयमा मत हाल्नेमात्रै नभएर समग्र प्रकृया रहेको बताए । निर्वाचनलाई यसलाई प्रभावकारी बनाउन सबैको साथ र सहयोगले मात्रै संम्भव रहेको र  हल्ला फैलाउन पत्रकारिताको क्षेत्रले समेत भुमिका खेल्ने भएकाले आफू र आफ्नो पेसाप्रति जिम्मेबार हुन आवश्यक रहेको बताए । 

निर्वाचन भनेको भाँग्य र भविष्यको फैसला गर्ने एउटा आधार हो । तर निर्वाचन आउने वित्तिक्कै पत्रकार पत्रकार बन्दैन, नागरिक समाज दलको झन्डा बोक्ने कुरा विगतमा देखिएको बताएका थिए ।  नागरिकको घरसम्म नागरिक शिक्षा पु¥याउन दलले आवश्यक कुरा गर्र्दैन स्वयम नागरिक समेत सानो कुरामा बिक्ने, त्यसले हल्ला,अफवाह फैलन जान्छ त्यो प्रकाशभन्दा पनि तेज दौडने र वकराल रुप लिन सक्ने तर्फ सचेत रहन आग्रह गरेका छन् ।  

संचारमाध्यममा पुष्टि विनाका समाचारले बाहुल्यता पाउने नहुने र यसले समग्र मतदान,मतपरिणामलाई समेत असर पार्न सक्ने तर्फ सबै सचेत हुन आवश्यक रहेको र पत्रकार सचेत बन्न्’ पर्ने बताए । 

निर्वाचनमा लोभ र पापले काम गर्दा समग्र क्षेत्रलाई प्रभावित बनाउने र पत्रकारिता त्यसको प्रभावमा पर्नु हुन्न तर पर्छ । मतदाता शिक्षा निर्वाचन आयोगको काम मात्रै नभएर सबैको प्रयासले मात्रै यो प्रभावकारी बन्ने बताए । 

हामीले विगतका निर्वाचनमा परिवेक्षकको काम गरेका र  त्यसमा काभ्रे रेड जोनमा परेको जिल्ला भएकाले  हामीले पूर्व तयारी आवश्यक रहेको बताए । सहभागीले पुर्वतयारीमा खासै चासो दिन नसकेको बताए ।  सामाजिक संञ्जालले अपवाह फैलाउन भुमिका खेलेका छन् । तर हामीले त्यसमा खासै चासो दिन सकेका छैनौ । निर्वाचनको महत्वको बारेमा आम नागरिकको चेतनास्तर बढाउनु नै यो समस्याको हल हो । प्रहरी, निर्वाचन आयोगको मात्रै जिम्मेवारी हैन । 

लोकतन्त्रको सुन्दतरता भनेकै निर्वाचन हो । सबैभन्दा ठूलो कुरा भनेको निर्वाचनको निश्पक्षता हो । त्यसको आधार निर्माण गर्ने प्रहरी, पत्रकार, नागरिक समाज र गैससले हो । उनीहरुको भुमिकाले निर्वाचन सहज रुपमा अघि बढाउन मद्धत पुग्ने सहभागीले जोड दिएका थिए । 

समयमै आउने सूचनाले निर्वाचन अझ सुरक्षित बन्छ । तर सबैले आफ्नो भुमिका निर्वाह गर्न आवश्यक भने छ । एउटा निकायले मात्रै गरेर निर्वाचनमा सफल बन्न सक्दैन । फेक न्यूजले समेत अप्ठारो पार्न सक्छ । त्यसमा सबै चनाखो हुनुपर्छ । निर्वाचन शिक्षा नै निर्वाचनलाई सफल बनाउने आधार रहेको बताइएको थियो । 

निर्वाचन पहिला, निर्वाचनको समयमा र त्यसपछिको समयलाइृ ख्याल गरेर अघि बढेको ह’न्छ । निर्वाचन कानुनको बारेमा सबैले ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिइएको थियो । 


कार्यक्रमको सहजीकरण केशवराज पौडेल र समन्वय रोजन तामाङले गरेका थिए ।

थप