काभ्रेपलान्चोक बचत संघको अध्यक्षमा उदयराम कायस्थ

  •   १२ महिना अघि | १६ बैशाख २०८०, शनिबार,     मणिराम दाहाल

काभ्रे । काभ्रेपलान्चोक बचत संघमा एक बर्ष अगाडि निवर्तमान अध्यक्ष जितेन्द्र नकर्मि संग निर्वाचनमा पराजय भएका उदयराम कायस्थ अहिले निर्विरोध अध्यक्षमा नियुक्त भएका छन्।

जितेन्द्र नकर्मिको नैतिकतामा प्रश्न उठेपछि बचत संघमा नयाँ तरङ्ग उत्पन भएको हो। 

प्रश्न उठेको करिब ३ महिना पछि नकर्मिले अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

त्यसपछि कार्यक्रम कार्यवाहक अध्यक्ष संस्थाका उपाध्यक्ष सागरनाथ कपाली चयन हुनुभएको थियो ।

बचत संघले निर्वाचनको लागि उम्मेदवारी माग्दा उदयराम कायस्थको एकल उम्मेदवार मात्र परेको हुदाँ निर्विरोध निर्वाचित हुनुभएको हो।

थप