"काभ्रे महोत्सव २०७९"असोज ३ देखि १५ गतेसम्म बनेपाको उग्रेश्वर मन्दिर परिसरमा हुने

  •   २ वर्ष अघि | २२ भदौ २०७९, बुधबार,     एक्टिभ मिडिया संवाददाता

बनेपा– व्यवसायीक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि भन्ने मुल नाराका आगामी असोज ३ गतेदेखी १५ गतेसम्म बनेपामा काभ्रे महोत्सव हुने भएको छ ।

काभ्रे उद्योग वाणिज्य संघले बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा महोत्सव आयोवना गर्न लागेको हो । कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र उकास्नको लागि स्थानीय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै महोत्सव आयोजना गरिएको काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले जानकारी दिए । महोत्सवमा १ सय १५ वटा स्टल रहनेछन् । साधारण स्टलहरुलाई १७ हजार ५ सय, अटोमोवाइललाई ३० हजार, होटल रेष्टुरेन्टका लागि ३५ हजार र वित्तीय सहकारी संस्थाका लागि १५ हजार स्टल शुल्क तोकिएको छ । करिव ५० हजार जनाले महोत्सव अवलोकन गर्ने उद्योग वाणिज्य संघको अनुमान छ । महोत्वस स्थलमा प्रवेश गर्नको लागि १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । विद्यार्थीका लागि ५० रुपैयाँ र वृद्धवृद्धाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसंछेले जानकारी दिए । महोत्वस अवधिभर १ करोड बराबरको कारोवार हुने संघको अनुमान छ । 

महोत्सवका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र पसक्षेले महोत्सवमा काभ्रेपलाञ्चोकको परम्परागत कला संस्कृति, औधोगिक ब्यापार, घरेलु, कृषि, पर्यटन प्रर्वद्धनको निमत्ति काभ्रे महोत्सव आयोजना गर्न लागिएको बताए । बडादशैको पुर्व सन्ध्यामा आयोजना हुन लागेको महोत्सवमा काभ्रे लगायत उपत्यका, छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा र रामेछापबाट पनि सहभागिता रहने बताईएको छ । महोत्सव सफल बनाउन विभिन्न क्षेत्रमा कृयाशिल उद्योगी ब्यवसायी तथा सहयोगीहरु रहने बताईएको छ । उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्यले महोत्सवमा समेट्न नसकिएका केहि विषयहरु आगामी दिनमा समेटिने बताएका छन् । १३ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी महोत्सव गर्न सहभागिहरुले आयोजकलाई अनुरोध गरेका थिए । महोत्सवलाई भब्य र सभ्य बनाउन अध्यक्ष राजेन्द्र पसक्षेको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ भने विभिन्न उप समिति गठन भएको छ । ममता केन्द्र नेपालको ब्यवस्थापन रहने महोत्सवमा नेपाल पर्यटन बोर्डको प्रर्वद्धन रहेको छ ।

महोत्सवमा प्रमोद खरेल, ज्योति मगर, रोज मोक्तान, बद्रि पंगेनी, पशुपति शर्मा, रचना रिमालदेखि मनोज गजुरेलसम्मका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ । 

थप