बनेपा हेल्थ केयरबाट जिल्ला जनस्वास्थ्य काभ्रेलाई स्वास्थ्य सामाग्री सहयोग

  •   १० महिना अघि | १२ जेष्ठ २०८०, शुक्रबार,     मणिराम दाहाल

काभ्रे । जिल्ला जनस्वास्थ्य धुलिखेललाई बनेपामा रहेको बनेपा हेल्थ केयरले स्वास्थ्य सामग्री सहयोग गरेको छ।

आज एक कार्यक्रमको आयोजना गरि विभिन्न प्रकारका स्वास्थ्य सँग समन्धित सामाग्री जनस्वास्थ्य काभ्रे प्रमुख पुरुषोत्तम सेडाइलाई बनेपा हेल्थ केयरका कार्यकारी प्रवन्ध निर्देशक जितेन्द्र थापाले हस्तान्तरण गर्नुभएको हो।

स्वास्थ सामाग्री उपलब्ध गराउन  पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष  बद्रीराज तिमल्सिनाले भुमिका खेल्नुभएको हो।

बनेपा हेल्थ केयरले विभिन्न समयमा यस्ता स्वास्थ सामाग्री वितरण,हेल्थ डेक्स राखेर सर्वसाधारणहरुको नि:शुल्क स्वास्थ परिक्षण ,रक्तदान लगायतका सामाजिक उत्तरदायित्व वहन हुने कार्य गर्दै आएको बनेपा हेल्थका कार्यकारी जितेन्द्र थापाले जानकारी दिनुभयो ।

यस्ता स्वास्थ सामाग्रीले जनस्वास्थ्यमा झन बढि हरेक प्रकारका बिरामीलाई दिन सकिने र प्रत्यक्ष जनमानसमा स्वास्थ अबस्थामा सुधार लेराउन मद्दत पुग्ने हुदा आफू आभारी भएको भन्दै  जनस्वास्थ्य प्रमुख पुरुषोत्तम सेडाईले खुसि व्यक्त गर्नुभयो ।

थप