निरन्तर खबरदारीता न्यायीक पत्रकारीता

बेथानचोक गाउँपालिका भुग्देउमा बस दुर्घटना , घटनास्थलमा एकजनाको मृत्यु

  •   १ वर्ष अघि | २२ जेष्ठ २०८२, बुधबार,     एक्टिभ मिडिया

काभ्रे । बेथानचोक गाउँपालिका भुग्देउ दर्केखोलामा बस दुर्घटना  भएको छ। एकजनाको घटनास्थलमा मृत्यु भएको हो।

घटनाको पूरा विवरण यसप्रकार छ।

मिति २०८२/०२/२१ गते अन्दाजी १७:४० बजेको समयमा जिल्ला काभ्रे बेथान चोक गा.पा. ६ चिहानडाडा नजिक  पनौती बसपार्क बाट बेथानचोक गा.पा. ६ मेदाम्चु तर्फ जाँदै गरेको बा ३ ख ४४३५ नं. को बस चिप्लिएर सडकबाट अन्दाजी ३०/३५ मिटर तल खसी दुर्घटना भएको भन्ने खवर प्राप्त हुनसाथ प्रहरी चौकी ढुङखर्कबाट प्र.स.नि. गेनलाल प्रसाद ( ९८४००१५१७२ ) को कमाण्डमा २ जना प्रहरी टोली , प्रहरी चौकी खोपासी र प्रहरी चौकी पनौती बाट ४ जना , इलाका प्रहरी कार्यालय बनेपाबाट प्र.ना.उ. रामेश्वर त्वाती ( ९८५१२५४५३१ ) को कमाण्डमा SOCO अधिकृत सहितको प्रहरी टोली घटनास्थलमा खटि गएको,  उक्त बसमा सवार चालक /सहचालक सहित ७ जना रहेकोमा १ जना महिला को घटनास्थलमै मृत्यु भएको, उक्त बसमा सवार निम्न व्यक्ति हरु घाइते भई उपचराको लागि निम्न स्थानमा पठाएको, उक्त स्थान प्रहरी चौकी ढुङखर्क बाट अन्दाजी २० कि.मी पर्ने

घटनास्थलमै मृत्यु भएको :-

१. जिल्ला काभ्रे बनेपा न.पा. ९ बस्ने अन्दाजी वर्ष ६५ की कृष्ण माया तिमल्सिना ।

घाइते:-

१. बस चालक जिल्ला काभ्रे बेथानचोक गा.पा. ६ बस्ने अन्दाजी वर्ष ४१ को राम प्रसाद ढुङगाना ( ९८५११२१८१२ ) , हात र खुट्टामा चोट रहेको,उपचारको लागि शिर मेमोरियल अस्पताल बेनपा पठाएको ।

२. जिल्ला काभ्रे बनेपा न.पा. ९ बस्ने वर्ष ३२ की संगीता आचार्य ( ९८४९९२३७५५ ) ,दाहिने खुट्टामा सामान्य चोट रहेको, पाँगु भुगदेउ स्वास्थ्य चौकी मा सामान्य उपचार पश्चात ऐ. १९०० बजे थप उपचारको लागि धुलिखेल अस्पताल रिफर 

३. निजकै छोरी  वर्ष १ की सरगम तिमल्सिना,टाउको वाँया तर्फ सामान्य चोट रहेको ऐ. १९०० बजे थप उपचारको लागि धुलिखेल अस्पताल रिफर 

सकुशल रहेको:-

१. सहचालक जिल्ला काभ्रे बेथानचोक गा.पा. ६ बस्ने वर्ष २७ को चेत बहादुर लामा ( ९८४९६८९०२५ )

२. जिल्ला काभ्रे बेथानचोक गा.पा. ६ बस्ने अन्दाजी वर्ष १८ की अञ्जना बोलाखे ( घर गइ सकेको  ) 

३. ऐ.ऐ. बस्ने अन्दाजी वर्ष १८ कि कोपिला तिमल्सिना ( घर गइ सकेको  )

थप